कार्यपालिका बैठकमा धरान फुटबल क्लब बारे उठेको प्रश्नप्रति ध्यानाकर्षण,वडा अध्यक्ष विवेक राईमाथि आक्रोशको वर्षा

धरान । धरान उपमहानगरपालिका कार्यपालिका बैठकमा धरान फुटबल क्लब बारे प्रश्न उठेको प्रति क्लब गम्भीर ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष विवेक राईमाथि आक्रोशको वर्षा पोखेको छ ।

क्लबबाट सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै
२०७९ साल फाल्गुण महिनामा सम्पन्न भएको २३ औं बुढासुब्बा गोल्डकप फूटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गर्ने सम्बन्धमा धरान फुटबल क्लब इमान्दार र प्रतिबद्ध रहेको बिज्ञप्तिमा जनाएको छ । प्रतियोगिता सम्पन्न भएको यति लामो समयसम्म पनि केही संघ संस्थाहरुबाट र धरानकै केही वडाहरुबाट अझैसम्म पनि प्रतियोगिताको लागि छुट्याएको रकम प्राप्त हुन नसकेको उल्लेख छ । ती रकमहरु क्लबले असार मसान्तसम्म पर्खने निर्णय गरेको जनाएको छ । क्लबले प्रतियोगिताको हिसाव किताव सार्वजनिक गर्न ढिला भएको जानकारी गराउँदै चाँडो भन्दा चाँडै आय व्यय सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थागतरुपमा विगत २५ वर्षदेखि धरान फुटबल खेलको विकासका लागि निरन्तर रुपमा लागिपरेको उल्लेख छ । बुढासुब्बा गोल्डकप धरानको लागि एउटा ठूलो पहिचान बनिसकेको छ दाबि छ । कुनैपनि बहानामा धरान फुटबल क्लबको मानमर्दन सह्य नभएको भन्दै कडारुपमा भत्र्सना गरीएको छ ।

बिज्ञप्तिमा खेलकुदका लागि सरकारी कोषबाट २/४ लाख खर्च गर्दैमा म नै सबै खेलकुदको जानकार हुँ भन्ने ठूलो भ्रममा नपर्न भन्दै धरान उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष विवेक राईलाई अनुरोध गरिएको छ । “हामीले धरानको प्रतिनिधित्व गरेर फुटबल खेल्दै गर्दा शायद उहाँहरु लालाबाला नै हुनुहुन्थ्यो होला” बिज्ञप्तिमा छ । सस्तो लोकप्रियताको लागि बोलेको भन्दै वडा अध्यक्ष विवेक राईलाई तथ्यपरक रुपमा बोल्नका लागि सुझाव दिएको छ । वडा अध्यक्षप्रति निक्कै रुष्ट हुँदै आर्थिक वर्ष समाप्तिपछि मात्र बितेको वर्षको लेखा परीक्षण हुन्छ भन्ने कुरा पनि ध्यानमा राख्न भनिएको छ ।

धरान भन्दा पछिका छिमेकी शहरहरु फ्लड लाईट जडान भएर रात्रिकालिन प्रतियोगिताहरु शुरु भइसकेको उल्लेख गर्दै वडाध्यक्षज्यू रंगशालामा धरान फुटबल क्लवले डस्टबिन राखेन भनेर कुरा गरेको उल्लेख छ । निक्कै आक्रोश शब्द पोख्दै -“सक्नुहुन्छ भने फ्लड लाईटको कुरा गर्नुहोस् । धरान रंगशाला निर्माण कार्य शुरु भएको यति लामो समय हुँदा पनि आजसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन किन ? यस्तो कुराहरुको खोजी गर्नुहोस् ।”

तत्कालीन शेरधन राई मुख्यमन्त्री हुँदा धरान रंगशालाको लागि विनियोजित ७ करोड रकम फ्रिज भएको स्मरण गराउदै यो कुरा अध्यक्ष विवेक राईलाई थाहा छ ? छैन भने खोजी गर्नुहोस् उल्लेख छ । यस्तोसम्म लेखेर वडा अध्यक्ष राई विरुद्ध लेखेका छन – “नाथे डस्टबिनको के कुरा गर्नुहुन्छ ? अझ अघि बढेर सोध्न चाहान्छौं कि नगर खेलकुद विकास समिति गठन गर्न सक्नुभयो ?”

बिज्ञप्तिमा अघिल्लो जनप्रतिनिधिहरु समयमा १८ लाख विनियोजन गरिएको जनाएको छ । गत २३ ओं संस्करणमा रु.१२ लाख विनियोजन भएको उल्लेख छ । त्यसैगरी आउँदो २४ औं संस्करणमा ९ लाखमात्र विनियोजन गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित