धरान ( पानबारी) । २०५८ सालमा पृथ्वीसिह थापा र जसबहादुर राईको हत्यारा भन्दै लालबहादुर सार्किको नाममा लाखबहादुर सार्कि २२ वर्षपछि पक्राउ गरेको भन्दै रिहाइको लागि माग गरेको छ ।
लाखबहादुरको श्रीमती फुलकुमारी सार्किले जनता समाजवादी पार्टी शिल्पि विशेष प्रदेश समितिलाई न्यायको लागि लिखित निवेदन गरेको भन्दै रिहाईको लागि पत्रकार सम्मेलन गरेर माग गरेको छ । नरेश विश्वकर्माको हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै २०५८ सालमा पृथ्वीसिंह थापाको हत्यामा उनकि श्रीमती सीता थापाले ८ जनाको नाममा किटानि जाहेरी दिएको जसमा छ जनाले कैद सजाय पाएको र दुईजना फरार रहेको तत्कालीन अवस्थाको सूचना रहेको जनाएको छ ।
फरार रहेका मध्ये सार्कि कान्छा भनेर चिनिने लालबहादुर सार्किको नाममा गाँडु भनेर चिनिने लाखबहादुर सार्कीलाई लाखबहादुर नै लालबहादुर हो भनेर असार १९ गते प्रहरीले पक्राउ गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा यसरी नाम समेत फरक रहेको साथै लालबहादुरको श्रीमती माया सार्की रहेको हाल निर्दोष दाबि गरिएका लाखबहादुरको श्रीमतीको नाम फुलकुमारी सार्की रहेको भन्दै कहिँकतै पनि नाम नमिलेको निर्दोष व्यक्तिलाई पक्राउ गरिएको उल्लेख छ ।
२०५८ सालमा भएको घटनापछि हालको लाखबहादुर सार्की आजको मितिसम्म कहिँकति नगएको अवस्थामा तत्कालीन अवस्थामा समेत पक्राउ पुर्जि जारी नभएको भन्दै यो फसाउने षडयन्त्र भएको उनको श्रीमती फुलकुमारी सार्किले बताए । सानै वालकमा आफुलाई आमाले पहाडबाट डोकोमा बोकेर ल्याएको भन्दै मोरङको लेटाङमा बसेको बताए । प्रहरीले त्यही नाम फेरेर बनाएको भन्दै आफ्नो नागरिकता मोरङबाट बनाएको र पछि छोराछोरीको लागि लेटाङबाट बसाइँसराइ ल्याएर जन्मदर्ता बनाएको बताए ।
रातको समयमा पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानमा लगिएको बताए । यसरी फसाउने सडयन्त्रमा बादी सीता थापा, प्रहरी प्रशासन, तत्कालिन पाँचकन्या गाविस २ का वडाध्यक्ष विश्वराज कार्की हाल धरान उपमहानगरपालिका ६ नं. वडा समितिका सदस्यहरु राजेन्द्र न्यौपाने र नारायण निरौला लागायतको मिलेमतो रहेको आरोप छ । लाख बहादुर सार्की नै अभियुक्त लाल बहादुर सार्की हुन् भनी प्रमाणित गर्न लगाई फसाउने षडयन्त्रमा सत्ता र शक्तिको दुरुपयोग गरी कहिँ केहि नमिल्ने कागजातलाई समेत मिलाई झुट्टो प्रमाणित गरि प्रहरीको जिम्मा लगाई कारागार चलान गरिएको बुझिएको र यो पुर्ण रूपमा खेदजनक छ भनिएको छ ।
लाख बहादुर सार्की र उनको परिवारको न्याय र अधिकारको निम्ति ६ न. वडा कार्यालयलाई सम्बन्धित पक्ष विपक्ष र सरोकारवाला सबैलाई बोलाई छलफलको लागि माग गरिएको छ । आजैका मितीले १५ दिन भित्र सहजीकरण गरिदिन हुन अनुरोध गर्दै अन्यथा चरणबद्ध संघर्षका कार्यक्रमहरु अघि बढाइने चेतावनी दिएको छ ।
ईलाका प्रहरी कार्यालयमा हस्ताक्षर गर्ने तीनजना मध्ये विश्वराज कार्की भने काठमाडौ भागेको आरोप लगाएको छ । उनको नम्बरमा फोन लागे पनि उठाएको छैन । वडा सदस्य दुईजनाले लालबहादुर नै लाखबहादुर हो भनेर हस्ताक्षर नगरेको पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष भुपेन्द्र भट्टराई सहित सबै राजनीतिक दलहरुले निर्दोष रहेको दाबि गर्दै रिहाईको लागि जस्तोसुकै कदम चाल्ने आश्वासन दिए ।
Discussion about this post