मोरङको रंगेलीमा गुणस्तरहिन सडक बन्यो

दिपेश रोक्का
मोरङ ।माेरङ जिल्लाकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना बजारमा सडक निर्माणकार्यमा गुणस्तरहिन काम भएको भन्दै स्थानीयले बिराेध गरेका छन ।

दाेहमना बजारकाे पुर्वमा रहेको २ सय ८० मिटर लम्बाईकाे सडक निर्माणकार्यकाे ठेक्का जय शम्भु कन्ट्रक्सन ईलामले पुस महिनामा निर्माणका लागि भ्याट बाहेक ४९ लाख रुपैयाँमा ठेक्का पाएकाे र साे सडक बैशाख ३१ गतेसम्म निर्माणकार्य सम्पन्न गरि सक्नुपर्ने थियोे ।

उक्त सडकमा ठेक्केदारले पानी परेकाे समयमा प्राईमर काेड गरेर सबै पानी ले बगाएको ठाउँमा कालाेपत्रे गरेपछि अहिले सजिलै संग पिच उक्किन थालेको छ । स्थानीयहरुले नगर प्रमुख तथा वडा अध्यक्षहरुलाई जानकारी गराए पछि निर्माण व्यवसायलाई समेत जानकारी गराएका थिए । निर्माण व्यवसाहिले ठेक्केदारलाई अहिले सडककाे काम नगर्ने निर्देशन दिए पछि ठेक्केदारका कर्मचारीले सव ईन्जिनियर विनाेद दास माथि समेत हातपात गरेर काम पुनः गरेको संघिय आयोजना कार्यनयन ईकाईका नवीन किशोर श्रेष्ठले बताए ।
बडा अध्यक्ष चुडामणिा रेग्मीलाई नेपाली काङ्ग्रेसका जिल्ला सचिव समेत रहेका माेदराज घिमिरेले उक्त बाटाेकाे अनुगमन गर्ने तपाईंहरुकाे अधिकार भित्र पर्देन त्याे संधिय ले गर्ने हाे भन्दै आफुलाई धम्काएकाे चुडामणिाले बताए । यता माेदराज घिमिरेले भने आफूले कसैलाई न धम्काएकाे र सडककाे गुणस्तर हेर्ने काम अर्को वडा का अध्यक्षकाे काम नभएकाे र जनप्रतिनिधि काे काम सडककाे गुणस्तर हेर्ने नभएको आफुले भनेको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित