https://youtu.be/yKaRZR24dXE
धरान । धरान उपमहानगरपालिकाको स्थगित नगरसभा सोमबार सकिएको छ ।
गत असार १० गते छलफल हुन बाँकि रहेको विषयहरु नटुंगिएपछि २१ गते राखिएका थिए । निर्धारीत समयमा पनि तयारी नपुगेपछि सोमबार बोलाएका थिए । नगरसभा बस्न अघि सोमबार बिहान कार्यपालिका बैठक बसेका थिए । बैठकले नगरसभामा पेश हुने नीति तथा कार्यक्रम विनियोजन विधेयकलाई अनुमोदन गरेका थिए ।
सोमबार बसेको बैठकमा विनियोजन विधेयक,न्यायीक समितिको प्रतिवेदन,सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । न्यायीक समितिको प्रतिवेदन उपमेयर आन्द्र बेघाले पेश गरेका थिए । त्यसैगरी सार्वजनिक लेखा समितिको प्रतिवेदन ब्राह्मज्ञ भट्टराईले पेश गरेका थिए ।नगर सभामा सुन्ने समयमा सदस्यहरूबाट प्रश्न राख्दै मेयर हर्क साङ्पाङले त्यसका उत्तर दिएका थिए । सार्वजनिक लेखा समितिले पेश गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षमा सबैभन्दा बढि राजश्व संकलन गर्न वडा नम्बर १५ सफल भएको उल्लेख छ । वडा १५ ले १ करोड ७० लाख रुपैया संकलन गरेको उल्लेख छ । त्यसैगरी खर्च गर्नेमा सबैभन्दा पहिलो स्थानमा वडा नम्बर ३ रहेको प्रतिवेदनमा जनाएको छ ।
सोमबार पेश गरिएका संशोधित विनियोजित वजेटमा पुर्वाधार विकासतर्फ विभिन्न शिर्षकमा १७ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ ८० लाख रुपैया विनियोजन भएको छ । लक्षित तर्फ २३ लाख ५० हजार मध्ये नेपाल आदिवासी जनजाति महासंघको लागि १३ लाख रुपैया विनियोजन भएको छ । यो बजेट बढ्दो नभै घट्दो छ ।
त्यसैगरी बेसार उद्योगको लागि १० लाख रुपैया विनियोजन भएको छ । चर्चामा रहेको माया धराने साबुन उद्योगको लागि १५ लाख रुपैया विनियोजन भएको छ ।
Discussion about this post