आज सती प्रथा उन्मुलन भएको आज १०३ वर्ष भैसकेको छ । आखिर सती प्रथा साच्चै शास्त्रमा वा पुराणहरुमा वर्णित वा पुण्य मिल्छ भनेर नै शुरुवात भएको हो वा पारिवारिक सामाजिक दवावले विधवा बनेकी महिलालाई सती जान बाध्य बनाइएको भन्ने नै मूल प्रश्न हो । सती शब्द हिन्दुहरुको आख्यानको रुपमा रहेको स्कन्द पुराण पहिलो खण्डको रुपमा रहेको केदारखण्डबाट आएको हो यस खण्डमा महादेवका कथाहरु छन् । जसमा महादेवका पहिलो पत्नी सतीदेवीको वर्णन गरिएको छ । आफ्ना पति महादेव प्रति आफ्नै पिताले गरेको दुर्बचन सहन नसकेर सतीदेवीले होमको लागी बनाइएको कुण्डमा हाम फालेर आफ्नो जीवन अर्पित गर्दछन् । र महादेव शोकले ब्याकुल भएर सतीदेवीको शरिर बोकेर भौतारिन्छन् । यहि क्रममा गलेर अंगपतन हुँदा हरेक अंगपतन भएको स्थानमा पीठ स्थापना गरिएको वर्णन गरिएको छ । यहि नै सती शब्दको शुरुवात हो ।
नेपालमा सती प्रथामा बन्देजको शुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीवार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए ।
वि.सं. १९४४ असार २२ गते सोमवार वीरशम्शेरले सती प्रथा उन्मुलन गर्ने १९४४ को इस्तिहारमा सती जानको लागी सरकारसंग अनुमति लिनु पर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । बि.सं. १९७७ सालमा चन्द्रशम्शेरले सती जान पूर्णरुपमा बन्देज नै लगाइ दिए ।
तर सतीले पतिको निन्दा सहन नसकेर गरिएको आत्मदाहको कथालाई पतिको मृत्यु पछि आत्मदाह गर्न बाध्य बनाइयो । नेपालमा कहिले देखि बिधवा महिलालाई सती जान बाध्य बनाइयो भन्ने प्रमाण खोज्दा बि.सं. ५२१ मा पहिलो सती गएको तथ्य भेटिएको भन्ने एलेक्स माइकेलको पुस्तक Hinduism: Past and Present मा उल्लेख गरिएको छ ।
सती जान इच्छुक हुने महिला भन्दा बढी सती जान बाध्य बनाइएका घटना धेरै पढ्न पाइन्छ । धर्मका नाममा तथा सतीत्वको नाममा पनि सती जान मानसिक रुपले बाध्य बनाइन्थ्यो । बिधवा बिबाहका केही घटनाहरुका कारणले पनि समाजका धर्मान्धहरुले बिधवालाई सती जान धार्मिक दवाव दिन थालेका थिए । सती जान नमान्नेहरुलाई करकापमा तथा जबर्जस्ती पतिको चितामा राखिन्थ्यो । उनको चिच्याहट नसुनिउन भनेर बाजा सहित सती जाने कार्यलाई उत्सव झै गराइन्थ्यो । चिताबाट भाग्न खोजे ढुंगाले हानेर वा बाँसका भाटाले हिर्काएर बेहोश बनाएर पनि चितामा जलाइन्थ्यो । अति क्रुर र अमानविय धार्मिक हत्या गरिन्थ्यो । सती जान बाध्य बनाइएको सबैभन्दा बढी घटना अठारौ शताव्दीमा भेटिन्छ । साधारण परिवारमा भन्दा बढि राजपरिवारमा तथा सभ्रान्त परिवारमा देखिन्थ्यो । अन्य परिवारमा न्यून सतीका घटनाहरु भेटिने गर्दछ ।
१९३३ फागुन १६ गते आइतवार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी , मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए ।
नेपालमा सती प्रथामा बन्देजको शुरुवात जंगबहादुरले १९१० पुस २३ गते बिहीवार जारी गरेको मुलुकी ऐनमा सती जान्याको सम्बन्धी महल नै लेखेका थिए । यस अर्थले सती प्रथाको उन्मुलन चन्द्रशम्शेरले गरे तापनि शुरुवात भने जंगबहादुरले नै गरेका थिए । यस पछि बि.सं. १९४४ असार २२ गते सोमवार वीरशम्शेरले सती प्रथा उन्मुलन गर्ने १९४४ को इस्तिहारमा सती जानको लागी सरकारसंग अनुमति लिनु पर्ने अन्यथा सजायको भागीदार हुने उल्लेख गरेका थिए । यसपछि बल्ल बि.सं. १९७७ सालमा चन्द्रशम्शेरले सती जान पूर्णरुपमा बन्देज नै लगाइ दिए । सती प्रथा उन्मुलनको सय वर्ष नाघिसकेको अवस्थामा पनि अझै सती प्रथाको निशानीको रुपमा सतीद्वार तथा सती ढुङ्गाले अझै पनि सती प्रथाको यादहरु दिलाइरहने गर्दछ ।
जंगबहादुरले मुलुकी ऐनमा सतीजान्याको महल नै राखेको भए तापनि उनको १९३३ फागुन १६ गते आइतवार पत्थरघट्टामा जंगबहादुरको निधन भएपछि फागुन १९ गते बुधवार उनको अन्त्येष्टि गरिँदा उनको साथमा उनका तीनजना रानीहरु पुतली महारानी , मैयाँ महारानी र मिश्री महारानी सती गएका थिए । फ्रान्सेली पुस्तकमा राखिएको जङ्गबहादुरको दाहसंस्कारमा उनका रानीहरु सती गएको यो चित्रले दुखद परिस्थित देखाउँछ । पतिको मृत्युको शोकमा डुबिरहेको बेला जिउदै जल्नुपर्ने एउटा त्रास पनि मिसिएको अवस्था हो ।
Discussion about this post