धरान । एसईई दिएर बसेका विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आयोजना गरिएको ड्रीम्स एमको प्रस्तुति मिस एसईई २०२३ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
शनिवार धरान स्थित छथर समाज भवन बगरकोटमा उक्त राउन्ड सम्पन्न भएको कुरा ड्रीम्स एमका कार्यक्रम निर्देशक मेरिना तुम्सा लिम्बुले जानकारी दिए । उक्त राउन्डमा रोश्मिता तामाङ,त्रीफेना लिम्बु,प्राप्ति साह,अबिस्ना सुनुवार,प्रभा सापकोटा,मिश्ली राई,आस्था श्रेष्ठ,अमृता राई,जेनिसा जीमि,नुमा लिम्बु,खुङ्जु राई,रिया विश्वकर्मा,सेरिना राई,शिवानी भुजेलले आ आफ्नो ट्यालेन्ट प्रस्तुति गरेका थिए ।
उक्त राउन्डको लागि निर्णायकहरुमा रेश्मा बान्तवा राई,बिनायक राई,तिर्थ कार्की नबिनराज भण्डारी रहेका थिए । प्रतियोगिताको फाईनल राउन्ड आगामी असार ३० गते हुने कुरा आयोजक ड्रीम्स एमले जानकारी दिएको छ ।
Discussion about this post