डा.सुनिलकुमार शर्माले गरे दुई गाउँ जोड्ने पुलको उदघाटन

दिपेश रोक्का
मोरङ । माेरङ जिल्लाकाे कानेपाेखरी वडा नम्बर ६ र ४ सिमानामा रहेको भलुवा खाेलामा निर्माण गरिएको फलामे पुलको आइतबार माेरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले उद्घाटन गर्नु भएको छ ।

अव उद्घाटनपछि याे पुलले ६ नम्बर वडाकाे नर्सरी डाँडा र वडा नम्बर ४ काे प्रणामी डाँडालाई जाेडिनेछ र आवतजावतमा स्थानीयलाई सहज हुनेछ । पुलको उद्घाटन गर्दै डाक्टर शर्माले बिकास निर्माणका काममा दलीय स्वार्थ नराख्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधि भएको हैसियतले यहाँका नागरिकको सेवा र सहयोगमा सधैं तत्पर रहने बताउनुभयो । डाक्टर शर्माले निर्वाचन क्षेत्र भरिका विपन्न बिरामीको लागि नाेवेल सँगै काठमाडौं मेडिकल कलेजमा समेत ३० वेड निशुल्क ब्यवस्था गरिएको बताउनुभयो । कुरुवालाई समेत खान र बस्नकाे प्रबन्ध मिलाइएको उल्लेख गर्दै डाक्टर शर्माले कानेपाेखरी गाउँपालिकाले खर्च ब्यवस्थापन गरे पुरै पालिका भरिका जग्गाको पुननापी गर्ने प्रबन्ध मिलाएको जानकारी गराउनु भयाे।

२०७९ फागुन १२ गते तत्कालीन प्रदेश सभा सदस्य सुर्यराज राईले शिलान्यास गर्नु भएको ट्रस प्रविधिकाे फलामे पुल प्रदेश सरकारको ९६ लाख ८३ हजार रुपैयाँ र १ लाख ८३ हजार रुपैयाँ जनश्रमदानबाट निर्माण गरिएको हाे । पुर्वाधार विकास कार्यालय विराटनगरले पुल निर्माण गर्न प्राविधिक सहयोग गरेको थियोे ।

स्थानीय नरबहादुर कट्वालकाे संयाेजकत्वमा गठित उपभोक्ता समितिले सो पुल निर्माण गरेको हाे । पुलको लम्बाइ ८४.८० मिटर र चौडाइ १.५० मिटर रहेकाे छ । उद्घाटन कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतकाे सभापतित्वमा भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित