हावाले लडाएको रुख समयमै नपन्छाउदा अटाेचालक सहित बालिकाको मृत्यु

दिपेश रोक्का
कानेपोखरी । मोरङको कानेपोखरी लेटाङ्ग सडक अन्तरगत फाईरलाईनमा बोलेरोले अटाेलाई ठक्कर दिदाँ चालक सहित बालिकाको मृत्यु भएको छ ।

शनिबार राती ७ बजे प्रदेश नं. १ –०२–००२ च ४१७३ नम्बरको बुलेरोले ठक्कर दिदा कानेपोखरी ६ हनुमान चोकका ४२ बर्षिय अटाे चालक सागर तामाङ घटना स्थलमै मृत्यु भएको छ ।

सोही घटनामा अटाेमा सवार आमाछोरी मध्ये कानेपोखरी ६ की ९ बर्षिय रोश्नी मगर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा शक्त घाइने भएकी रोश्नीको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको हो । अर्का अटाेमा आमाछोरी सवार थिए । कानेपोखरी ६ की आमा टिका मगरको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएका छन् ।
लेटाङबाट कानेपोखरी तर्फ आउदै गरेको टेम्फोलाई विपरीत दिशाबाट आएको बोलेरोले ठक्कर दिएर दुर्घटना भएको थियो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।फारलाईनमा बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित