ओखलढुंगा (गोरुमारे) । प्रदेश १ को नाम कोशी राखिएको विरोधसंगै पहिचानको आधारमा नामांकन हुनुपर्छ भन्दै बिगतदेखि बिरोध जनाउदै आएकोमा ओखलढुंगाको गोरुमारेमा पहिचानको लागि युवा घोषणासंगै मार्चपास गरेको छ ।
शनिबार गोरुमारे हुँदै सदरमुकाममा बृहत् प्रदर्शन गरिएको छ । आन्दोलनमा आवद्ध घटक विभिन्न जातीय संस्थाहरुको संयुक्त आयोजनामा सहभागीहरुले मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् । करिब २ सय मोटरसाइकल सहित प्रदर्शनीमा उत्रिएका युवाहरुले टाउकोमा ‘नो कोशी’ को कालो फेटा र सेतो टिर्सटमा पहिचानका लागि युवा लेखिएको टिसर्ट लगाएका थिए ।
प्रदर्शनसँगै किरात राई यायोक्खाका जिल्ला अध्यक्ष थगेन्द्रराज राईको संयोजकत्वमा १ सय ५१ सदस्यीय संयुक्त संघर्ष समितिसमेत घोषणा गरिएको छ । संघर्ष समिति र युवा दस्ताले कोशी नाम खारेजीको लागि निरन्तर आन्दोलन गर्दै पहिचानको आधारमा नाम राख्न दवाद दिने बताएको छ ।
घोषणा सभा कार्यक्रममा पहिचानवादी नेताहरु गोपाल किराती, आङकाजी शेर्पा, गोविन्द छन्त्याल सहित अगुवा नेताको उपस्थिति रहेका थिए ।
प्रदेश १ को नाम कोशी राखे लगत्तै ओखलढुंगा पुगेका तत्कालीन हिक्मत कार्किलाई आक्रमण गरी लखेटेका थिए । यतिबेला एमाले नेतृत्वको प्रदेश १ सरकार कोशी नामकै कारण ढलेपछि नेताहरु फुर्सदमा छन ।
Discussion about this post