संखुवासभा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्रदेश न. १ आर्चरी (तीर) खेलमा स्वर्णपदक जित्न सफल पाँच जना खेलाडीलाई सम्मान गरिएको छ ।
प्रदेश १ सदस्य राजेन्द्र कार्कीको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा खेलाडीलाई सम्मान गरिको हो । खेलमा सहभागी अनि स्वर्ण पदक विजेता खेलाडीहरु टिम क्याप्टेन पासाङ भोटे, जोजो भोटे,ङादर भोटे र.गुरू भोटे रहेका छन । उनिहरु सबैजना ऐतिहासिक थातथलो शिङ्सा क्षेत्रका खेलाडिहरु हुन । संखुवासभा जिल्ला आर्चरी संघद्वारा नवौ खेलकुद प्रतियोगितामा खेलाडीहरु सहभागी भै स्वर्ण पदक जितेका थिए ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाको अध्यक्षतामा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
Discussion about this post