कोखा खोलाको लागि नगद र जिन्सि सहित जम्मा ७ करोड ४ लाख १८ हजार प्राप्त (भिडियो सहित )

 

धरान । कोखा कोला धरानमा ल्याउने अभियान सम्पन्न भैसक्दा नगद र जिन्सि सहित जम्मा ७ करोड ४ लाख १८ हजार ६३२ रुपैया प्राप्त भएको छ ।
शुक्रवार कोखा खानेपानी अभियानमा प्रोजेक्ट मेनेजरका रुपमा चिनिएका दत्त लिम्बुद्वारा पत्रकार सम्मेलन गरी कोखा खोला खानेपानी अभियानको अन्तिम हिसाबकिताब सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कोखा खोला अभियान थाल्दा मौज्दात २७ लाख ८ हजार ३२४ रुपैया रहेको बताए । त्यसैगरी विभिन्न दाताबाट नगद ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैया प्राप्त भएको बताए । त्यसैगरी विभिन्न ब्यक्ति संघसंस्थाबाट जिन्सि पाईप १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको प्राप्त भएको जानकारी दिए । त्यसैगरी खानेपानी बोर्डबाट ६६ लाख ५१ हजार २२० रुपैया बराबरको पाईप उपलब्ध भएको जानकारी दिए । अव थप भुक्तानी दिनको लागि बाँकि पाईपको ७ लाख ३३ हजार ९४८ रुपैया रहेको जानकारी दिए ।

यसैगरि, खर्चतर्फ दाताबाट र खानेपानी बोर्डबाट प्राप्त भएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैया भएको जानकारी दिए । खर्च शिर्षक इन्धन खर्च ७ लाख १२ हजार ९९९, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८७८ रुपैया, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५५८ देखाएको छ । त्यसैगरी ज्याला खर्च २७ लाख १ हजार ५२, टोचन तार (लठ्ठा) र भल्वमा ४२ लाख ९७ हजार ४१० रुपैया गरी कुल खर्च ६ करोड ७८ लाख ७७ हजार ९६४ रुपैया भएको कुरा पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित