ताप्लेजुङ । कोशी नाम खारेजीको माग गर्दै आएको पहिचानबादीहरुले ताप्लेजुङमा पाँच सय जना युवा दस्ता घोषणा गरेको छ ।
बिहीवार एक भव्य कार्यक्रम बीच नवीन पोमुको नेतृत्वमा ५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको कुरा प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बताएको छ । ताप्लेजुङ स्थित सिटि हल (सामुदायिक भवन) भेला पछि भब्य कार्यक्रममा युवा दस्ता घोषणा गरेको हो ।
युवा दस्ता औपचारिक रुपमा घोषणा गरेपछि ताप्लेजुङ बजारमा मार्च पास गरेका थिए । युवा दस्ता घोषणा कार्यक्रममा संयुक्त संघर्ष समिति घटकका किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम, जनमुक्तिका छ घटकका अध्यक्ष केपि पालुङ्वा, सलिराम, अध्यक्ष कुमार लिङ्देन, नेकपा, एकीकृत सनाजवादीका नेता कृष्ण चोङ्वाङ, जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समिति मुख्य सचिब, केदार धिमाल, कियाचु, लिम्बुवान प्रदेश अध्यक्ष मधु केरुङ, पहिचानको लागि युवाका सदस्य सचिब साहस राई लगायतको उपस्थिति रहेको थियो ।
ताप्लेजुङबाट हिजोमात्र दिलकुमार मेन्याङ्बोलाई लखेटिएका थिए । त्यसैगरी केहि महिना अघि माओवादीका इन्द्र आङ्बोलाई पनि ताप्लेजुङबाट लखेटिएका थिए । ताप्लेजुङबाट नै प्रतिनिधि सभामा निर्वाचित योगेश भट्टराईलाई जिल्ला प्रवेश निषेध गरिएको छ । उनलाई इलामबाट लखेटिएका थियो ।
Discussion about this post