बिराटनगर । प्रदेश एकको नाम एकल जातिय नश्लबाद भएको भन्दै गरिएको आन्दोलनले ढालिएको एमाले सरकारपछि नेपाली काङ्ग्रेसका उद्धब थापालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ ।
प्रदेश १ सरकार प्रमुख परशुराम खापुङले तोकिएको समय सिमा भित्र ४७ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबि गरिएपछि नियुक्ति गरिएको छ । मुख्यमन्त्री कार्यालयले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल संविधान (२०७२) को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख छ ।
बहुमत पुर्याउन आवस्यक ४७ संख्यामा प्रदेश सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर छ । यस अधि हिक्मत कार्किले ४६ मात्र मत पाएपछि विश्वासको मत गुमाएका थिए । एमालेको ४० मत छ भने राप्रपाको ६ मत छन । तत्कालिन हिक्मत कार्किलाई राप्रपाले सघाएका देखिन्छ । यसपटक काङ्ग्रेसको गठबन्धनलाई राप्रपाले सघाएको देखिएन । काङ्ग्रेसलाई माओबादि नेकपा एस,जसपाले सघाएको छ । नयाँ मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यावस्था छ ।
Discussion about this post