मदन भण्डारी नाम हटाएर काङ्सोरे बाजाङ आङ्बुहाङ लोकमार्ग

धरान । यतिबेला प्रदेश नाम कोशि राख्दाको परिणाम अन्य राजमार्ग स्थान चोकको नाम परिवर्तन गर्न अर्को आन्दोलन थालनि भएको छ । जस अनुसार मदन भण्डारी लोकमार्गको नाम परिवर्तन गरेर काङ्सोरे बाजाङ आङ्बु हाङ लोकमार्ग नामाकरण गरिएको छ ।

प्राप्त जानकारी अनुसार असार २१ गते प्रदेश न. पुन नामाङ्कन सङ्युक्त संघर्ष समिति ताप्लेजुङको पहलमा आङ्वुहाङ सेवा समाज वरिष्ठ उपाध्यक्ष उदय आङ्बुहाङको अध्यक्षतामा मौवा खोला हुँदै हिलेसम्म पुग्ने बाटो मदन भण्डारी लोकमार्गको बोर्डलाई हटाएर स्थानिय जनताको उपस्थितिमा काङ्सोरे बाजाङ आङ्देम्बे लोकमार्ग संघर्ष समितिका नेताहरुको सङ्युक्त बाहुलीबाट बोर्ड लगाएर उद्घाटन गरिएको छ ।त्यसैगरी हस्पिटलको नाम, पार्कको नाम, मार्गहरुको नाम, रंगशालाको नाम मदन भन्डारी राखिएको भन्दै सबै क्रमिक रुपमा हटाउने तयारी रहेको कुरा संयुक्त संघर्ष समितिले जनाएको छ । झापाको पाडाजुँगिमा रहेको स्थानीयको च्यानघारी हटाएर आदिवासी रंगशाला नाम राखेको रंगशाला पनि मदन भण्डारी रांगशाला राखे बजेट दिने अन्यथा नदिने भन्ने विवाद समेत भएका थिए । तर राज्यसत्ता भने स्थानीयको पहिचान नामेट गर्न अनेक प्रपन्च रच्दै आएका छन । राज्यले ओलि सरकारको पालामा ताप्लेजुङको सुकेटार बिमानस्थललाई रबिन्द्र अधिकारी नाम राख्ने भएपछि ब्यापक बिरोधपछि हटेका थिए । ताप्लेजुङमै स्थानीयको पहिचान नाम मुकुमलुङलाई जबर्जस्ती पाथिभरा बनाएर द्वन्द्व सिर्जना गराईरहेको छ ।

एकल जातिय पहिचानको चोक,मार्ग,लगायत रहेको भन्दै धरानका रमेश राईले स्टाटस लेखेको छ – “भानुचोकलाई लोकतान्त्रिक चोक भनौं। कोशी मार्गलाई लाई बुद्द मार्ग भनौं र विपी पार्कलाई श्रम संस्कृति पार्क भनौं। कि के भनौ?”

कोशी नाम यतिबेला अफाप सिद्ध भएको छ । धरान उपमहानगर कार्यपालिका बैठकमा यस अघि उप मेयरलाई कोशी प्रदेश उच्चारण गर्न दवाद दिएका थिए । तर बुधबारको कार्यपालिका बैठकमा भने बिराटनगर किमाथांका राजमार्ग अन्तर्गतको धरान बजारमा नाम संशोधनको माग भएको छ । कोशि राजमार्ग नै राख्दा २०५ फिटको मापदण्ड रहने भएकोले धेरै क्षति पुग्ने हुँदा नाम संशोधन हुनुपर्ने माग कार्यपालिका सदस्यले राखेको छ । नाम संशोधनपछि सेडब्याक सहित ८० डेन बाहेक ७२ फिटे कायम गरि अगाडि बढाउन अघिल्लो जनप्रतिनिधिले नगरसभाबाट पारित गरेको बताए ।

कोशी नामकै कारण एमालेको नेतृत्वको सरकार यतिबेला ढलेको छ । स्थानीय स्तरमा एकल जातिय नामाकरण अव सबै मेटिने देखिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)