बसन्त राज सुब्बा
झापा । झापा जिल्ला कमल गाउपालिकामा तीन हप्ते नारी सौन्दर्य जनित ब्युटीसियन तालिम समापन भएको छ !
चालु आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कमल गाउपालीका वडा न.३ स्थित केर्खा बजारमा भुमी ब्यबस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रदेश स्तरीय विनियोजित बजेट विनियोजन भएका थिए । कमल गाउँपालिकाको संयोजनमा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लिबाट सञ्चालित उक्त तालिम गएको जेठ २८ गते संयोजक पुर्णिमा देवन ( फागो)को सभापतित्वमा कमल वडा न.३ स्थित केर्खामा उद्यघाट्न गरिएको थियो ।
समापन कार्यक्रममा प्रमुख अथिती कमल गाउँपालिका उपप्रमुख प्रमिला न्यौपाने/तिवारी रहेका थिए। तालिममा २२ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । सबै प्रशिक्षार्थीलाई प्रमुख अतिथि विशिष्ट अतिथिबाट प्रमाणपत्र वितरण गरिएका थिए ।
तीन हप्ताभरमा १६० घण्टा दिएका थिए । तीन हप्ताभरिमा ब्युटिसियन केर्खाका प्रशिक्षिका रिता लिम्बुले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा प्रशिक्षिका रिता लिम्बुलाई सम्मान गरिएका थिए । सोहि अवसरमा सामजिक ब्याक्तित्व एवम मिडियाकर्मी बिरेन्द्र कु.याक्थुम्बा र वसन्तराज सुब्बालाई प्रसंसा-पत्र- प्रदान गरेका थिए ।
समापनका अवसरमा प्रमुख अथिती प्रमिला तिवारीले आफ्नो मन्तव्य राख्दै प्रदेश स्तरीय शिपमुलक तालिम कार्यक्रम कमल गाउँपालिका ब्युटिसियन तालिम कतिले चाहेर पनि लिन नपाएको बताए । यसपटक जेजतिले लिए सबैले ब्याबहारमा उतार्न सल्लाह दिदै प्रमाणपत्र सिरानी बनाएर नराख्न सुझाव दिए । तिवारीले मुलत: महिलाहरुलाई आत्मनिरभर बनाउने यो पनि एउटा सीप भएको बताए । बिशेष अथिती कमल गाउपालिका वडा न.३ का अध्यक्ष अग्नी कोइरालाले आफ्नो भनाई राख्दै ब्युटिशियन तालीम सीप एवं त्यसका समानहरुको महत्व र आवश्यकता उल्लेख गर्दै बिश्वब्यापी रुपमा ब्युटी मेकपिङ्का सामाग्रीहरुमा चौथो स्थानमा रहेकोले यो तालिमबाट प्राप्त भएको ज्ञान सिपलाई ब्यबसायको रूपमा कार्यन्वयन गर्नको जोड दिए ।त्यस्तै आवाशिय निजि विद्यालय संगठन झापा जिल्ला प्याब्सनका अध्यक्ष गौरिमान फागोले चाउरिएको अनुहारलाई चिलो चम्किलो पार्न मेकपिङ शिप कला आजको आधुनिक पुस्तामा सबैको आवस्यक र अपरीहार्य रहेको भन्दै आयोजित कार्यक्रमका आयोजक प्रायोजकहरुलाई धन्यवाद दिएका थिए । आदिवासी जनजाती महासंघ कमल गाउँपालिका अध्यक्ष बदी साम्पाङ राई र उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालले पनि २१ दिने महिलाजन्य तालिमको महत्व र विशेषता केन्द्रीत आ-आफ्ना भनाई राखेका थिए।
प्रशिक्षिका रिता लिम्बु जस्ले दमकमा १५ बर्ष ब्युटी पर्लर गरि अहिले केर्खामा पार्लार सञ्चालन गर्दै आएकी छिन । लिम्बूले २१ दिने ब्युटिसियन तालिम २२ जना प्रशिक्षार्थीहरुलाई सिकाउन पाउँदा खुशी लागेको व्यक्त गर्दै यो कोर्ष पूरा नभए पनि आधारभुत रुपमा भने सबैले जानेको र सबैले अनुशासित भएर सिकेको बताए । उनले बांकि कोर्ष अवसर पाए पुन सिकाउने छु भन्दै आयोजक र सहयोगीहरुलाई धन्यवाद दिएकी थिइन् ।
त्यस्तै २१ दिने ब्युटिसियन तालिम लिएकीहरु मध्ये दुई प्रशिक्षार्थीहरुले २१ दिन ब्युटिसियन तालिम लिँदाको अनुभवहरु सुनाउदै प्रशिक्षक रिता लिम्बुले सबैलाई तालिम अवधिभर अनुशासित भएर काम सिक्न उत्प्रेरित गरेको बताए । प्रशिक्षार्थीले हामी सबैमा एउटा जिम्मेवरी भएर अभिभावकको व्यवहार गरेको भन्दै उनि भावुक बनेकी थिईन । बाँकी थप कक्षाहरु स्थानीय बजेटबाट आयोजना गरेमा थप कोर्षहरुमा अझ उपलब्धि हुने बताए ।जसका लागि वजेट माग गर्दै निरन्तरताको आग्रह गर्दै पटकपटक आयोकहरुलाई धन्यवाद दिएका थिए।
समापन कार्यक्रममा क्रमश: कमल गाउँपालिका सदस्य चन्द्रकला आङ्देम्बे,केर्खा प्रहरी चौकी इन्चार्ज सही रामकाजी प्रहरी हवल्दार,अग्रज महिला समाजसेवी शान्ता मुख्या, कमल योग अभियान जागरणकी अध्यक्ष तथा तमु गुरुङ समाज झापाकी सदस्य ममता गुरुङ, पत्रकार ओमनाथ भण्डारी, मुना लिम्बू सम्बाहम्फे लगायतका उपस्थिती रहेका थिए।
गौरा चापागाईंद्वारा संचालित सो-कार्यक्रममा उपस्थितहरु माझ स्वागत मन्तव्य बिरेन्द्र कुमार याक्थुम्बा(शुवास)ले राखेका थिए। कार्यक्रमको अन्त्यमा अतिथिहरुलाई आयोजकको तर्फबाट मायाको चिनो अतिथिहरुलाई सभाकी अध्यक्ष पुर्णिामा देवन/फागोबाट प्रदान गरिएको थियो। कार्यक्रम समापन गर्ने क्रममा आफ्नो भनाई राख्दै ब्युटिसियन तालिम कार्यक्रम आफैमा अहिलेका दिदी बैहिनीहरुका लागी सिक्न आवस्यक भएको हुँदा सो योजना ल्याइएको बताए । अहिले जति पनि कमल गाउँपालिका भरीको जम्मा २२, जना प्रशिक्षार्थी सबैले सिकेको सिपलाई सदुपयोग गरि दिदिबहिनीहरु आत्मा निरभर बन्न सुझाए । २१ दिन भरी सिकाइने क्रममा हामी बाट गल्ती कम्जोरी भए क्षमा प्रती छौ भन्दै उक्त तालीममा कार्यक्रम जुटाई दिन सम्बधित सबैमा धन्यवाद दिदै सहयोग गर्नु हुनेहरुमा प्रत्यक्ष सहभागी भई कार्यक्रमलाई सौहद्रापुर्ण बाताबरणमा सफल बनाउन हुने सबैमा आभार प्रकट गर्दै कार्यक्रम बिर्सजन गरेकी थिईन।
Discussion about this post