कोशी राजमार्ग नाम संशोधन माग ,बारुणयन्त्र बिरामी कर्मचारीलाई मेयरले पचास हजार दिने

धरान । धरान उपमहानगर कार्यपालिका बैठकमा बिराटनगर किमाथांका राजमार्गको विषयमा चर्काचर्कि भएको छ । तिनकुनेसम्म बिस्तार गरेको सडकलाई मुख्य बजारबाट कति फिटमा लाने र विकल्पको विषयमा लामो छलफल भएका थिए ।

बैठकमा ७०/८० फिटे मापदण्डमा लाने कि २०५ फिटेमा लाने भन्ने विषयमा व्यापक छलफल भएका थिए । अकस्मात विषयान्तर गर्ने नियतले बैठकको एजेन्डा ल्याएको भनेर कार्यपालिका सदस्यले असन्तुष्ट जनाएका थिए । तर मेयर हर्क साङ्पाङले यस विषयमा स्पष्ट पार्दै धरधनिको जग्गा फुकुवाको माग गरेको हुनाले यस विषय छिटो टुंगो लगाउन आवस्यक भएको बैठकमा बताए । बैठकमा ७२ फिटे लानुपर्ने र कोशी राजमार्ग नाम संशोधन हुनुपर्ने बताए । यस विषय पहिलानै ७२ फिटे बनाउने भनेर निर्णय भएको कुरा वडा नम्बर ७ का वडा अध्यक्षले भनेपछि सोहि निर्णयलाई थप अध्यन गरेर जाने निर्णय भएको छ ।

बिभिन्न एजेन्डा मध्ये दुईजना बिरामिलाई आर्थिक सहयोगको माग आएको भन्दै वडा नम्बर १४ का हात्तिसार क्याम्पसमा बिटेक चौथो वर्षमा अध्ययनरत एलिशा श्रेष्ठ र बारुणयन्त्र चालक राजन श्रेष्ठलाई उपचार खर्चको विषयमा छलफल भएका थिए । राजन श्रेष्ठलाई ३० हजार प्रस्ताव गरिएकोमा सदस्य अनुप देवानले दुई लाख रुपैया प्रस्ताव गरेका थिए । खुट्टा नै काट्नुपर्ने अवस्था भएको ३० हजारले केहि नहुने भन्दै उपमेयर र मेयरले ५० हजारसम्म बढाएका थिए । सबैले न्युनतम एक लाख हुनुपर्ने माग गरेपछि मेयर साङ्पाङले आफ्नो तर्फबाट ५० हजार दिने प्रतिबद्धता जनाए । मेयरको यो प्रतिबद्धतालाई सबै सदस्यले धन्यवाद दिएका थिए ।

बैठकमा धरान उपमहानगरका कार्यालय भवन र बहुभाषिक विद्यालयको भवनको प्रस्तावित डिपिआरलाई पारित गरिएको छ । त्यसैगरी तिनकुने र भेडेटारमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने निर्णय भएको छ । धरानबाट पानबारी सरिगएको मालपोत कार्यालय व्यावस्थापनको लागि भनेर प्रस्तावित १२ लाखमा १० लाख दिने निर्णय भएको छ ।

बैठक समापन गर्दै मेयर हर्क साङ्पाङले २१ गते बस्ने भनिएको नगर सभा तयारी नपुगेको भन्दै २५ गतेलाई सारिएको छ । कार्यपालिका बैठक २३ गते पुनः बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित