जातीय विभेदविरुद्ध जसपाको खबरदारी,हिन्दु ब्राह्मणवादी जात व्यवस्थाको विरुद्ध लड्छौ – दल मर्दन कामी

काठमाडौं, असार २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार माइतीघर मण्डलामा जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गरेको छ ।

जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा माइती पक्षले घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनेर घरबेटीले डेराबाट निकालिएको घटनाको विरोधमा जसपाले खबरदारी गरेको हो।कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उपस्थिती थिए उनले बर्णाश्रमवादी जात व्यवस्थाको अन्त्य हुन जरुरी छ त्यसका लागि सरकार गम्भीर भएर संबिधानले दिएको अधिकार कार्यनयन गर्न गराउन लाग्नुपर्ने बताए ।

अध्यक्ष यादवले जातीय विभेदलाई संवैधानिक रुपले दण्डनीय र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधको रुपमा लिएको छ विभेद विरुद्ध कानुनमा मात्र बनाएर हुन्न जातीय विभेद विरुद्ध जो जहाँ छ जहाँ जुन रुपमा छ त्यसलाई समाजको जरैदेखि उखालेर फ्याल्नु पर्ने बताएका हुन ।
कार्यक्रमम जसपाका राजनीति समिति सदस्य दल मर्दन कामीले जातीय विभेद विरुद्ध हिन्दुबर्णश्रमवादी जात व्यवस्था रहेसम्म जातीय विभेद कायम रहिरहने आरोप लगाएका छ्न उनले तथाकथित उच्चजातीय भनिएकाहरुले आचिखाने कुकुरलाई ओछ्यानमा राखेर माया गर्ने हिन्दु समाजले कामी दमाई सार्की बादी डोम चमार लगायतका समुदायले माया गर्दा उनीहरु माथि ज्यान मार्ने घर जलाउने अमानवीय क्रूरता हिन्दु धर्ममा बाहेक अन्य कहिकतै नभएको दाबी गरेका छन। उनले हिन्दु ब्राह्मणवादी जात व्यवस्थाको विरुद्ध लडने बताए ।

कामिले आक्रोशित मुद्रामाभने कुकुरले सम्मान पाउने हिन्दुब्राह्मणवादी नस्लिय विभेदकारी समाजमा आफ्नो सीप कला र सृजना सहित कष्टकर रगतपसिना सरि भएर समाज र राष्ट्रलाई सेवा र सुबिधा दिदै आएका शिल्पी दलित समुदायले माया गर्दा अछुत भनेरकुटपिट गरिन्छ , उसको घर जलाइदिन्छ मारिन्छ , मार्छन र अमानवीय क्रूरता प्रदर्सन गर्छ्न जातीय विभेदका विरुद्ध हिन्दुबर्णश्रमवादी व्यवस्थाको अन्त्यको निम्ति सबै उत्पीडितहरु त्यसका विरुद्ध लाग्नुपर्नेमा जोड दिएकाथिए।

शिल्पी विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठन द्वारा आयोजित कार्यक्रममा संबिधान सभा सदस्य कमला बिक , पुर्व राजदूत डाक्टर निर्मल बिश्वकर्मा , दलित आत्मारक्षक अभियानका संयोजक मित्र परियार,जनता समाजवादी दलित मुक्ति संगठनका नेता प्रदीप घताल,मिसन अम्बेडकरका संयोजक मनोज जैगडी , नेपाली काङ्ग्रेस संग आबद्ध नेतृ राजन बिक, दलित मुक्ति अभियानन्ता बिजय कालिकोटे,शेर्पा लुङ्ग राष्ट्रिय समिति बागमतीका अध्यक्ष राज लामा, बैज्ञानिक समाजवादी मोर्चाका प्रवक्ता डिबि सर्वश्रेष्ठ लगायतले मनतव्य राखेका थिए भने जसपा नेपालको राजनीति समिति सदस्य दल मर्दन कामिले कार्यक्रमको अध्यक्षता र दलित मुक्ति संगठनका बागमती प्रदेश अध्यक्ष शेर बहादुर बिकले कार्यक्रम संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित