राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च वापत पचपन्न लाख निकासा

काठमाडौ । केहि महिना अघि उपचार गर्न गएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चसहित ५५ लाख रुपैया निकासा गरेको पाईएको छ ।

परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई असार १८ गते रकम निकासाको लागि लेखिएको पत्र सार्वजनिक भएपछि पौडेलको उपचार खर्च वापत ५५ लाख २ हजार २७९ रुपैया निकासाको माग गरिएको छ ।

पत्रमा राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षणका लागि २०८० वैशाख ६ देखी श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरेको जनाएको छ । २०८० वैशाख १७ मा नेपाल बायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किएको उल्लेख गर्दै उक्त अवधिमा लागेको खर्चको बिल भपाई भुक्तानीका लागि पेश भएको जनाएको छ । पत्रमा सो भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको च.नं.८३७ मित २०८०/०३/११ वाट स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको उल्लेख छ ।

पत्रमा उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भपाई बमोजिमको रकम सम्बन्धीतलाई भुक्तानी दिने प्रयोजनका लागि रु.५५,०२,२७९/- (अक्षररूपी पचपन्न लाख दुई हजार दुई सय उनासी मात्र) खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागी अर्थ मन्त्रालयमा लेखि पठाउन असार १८ गतेको सचिब स्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजातहरु साथ संलग्न राखी पठाईएको पत्रमा उल्लेख छ ।

सर्वसाधारण जनता सिटामोल नपाएर मृत्युवरण गर्न वाध्य भैरहेको अवस्थामा राष्ट्रपति उपचारको लागि ५५ लाख निकासाले जनतामा आक्रोश छाएको छ ।

पौडेलको उपचारको क्रममा राष्ट्रपतिको स्वकीय सचिवालयले २०८० बैशाख १९ गते प्रेस नोट जारी गर्दै उपचारका क्रममा भएको उपचारको खर्च राष्ट्रपति स्वयंले ब्यहोर्न चाहेको जनाएका थिए । उक्त पत्र सार्वजनिक भएपछि चौतर्फी रुपमा स्वागतसंगै ब्यहोर्ने प्रतिबद्धता नभै चाहेको मात्र भनेर आलोचना गरेका थिए । ठिक अहिले ५५ लाख रुपैया निकासाले तत्कालीन आलोचना र अनुमान यतिबेला साबित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)