नवीन रम्तेल
धरान,१९ असार । सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० कार्यक्रमको शुभारम्भ पूर्बको रमणीय शहर धरानबाट शुरु भएको छ।
असार १९ गतेदेखि २५ गतेसम्म चल्ने ट्राफिक सप्ताहको शुरूवात धरानमा भएको छ । धरानको पब्लिक हाईस्कुलको प्राङ्गणमा भेला भएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको झाँकीसहित मंगलबार शुरु भएको हो । बिहान प्रभातफेरी पब्लिक स्कुल छाताचोक पुरानोबजार माछाभौडी हुँदै भानुचोक नजिक सिद्धिनेवा परिषदको प्राङ्गणमा गएर कार्यक्रम भएका थिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय १ नं प्रदेशको सहयोग तथा सहकार्यमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी,सुनसरीको आयोजनमा सम्पन्न उक्त कार्यक्रमको औचित्य प्रष्ट पार्दै प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सवारी संचालन ब्यबस्थित गर्नका लागी,पैदलयात्रुलाई समेत सहज र सजग गराउनका लागि र ट्राफिक ब्यबस्थापनमा सामुहिक उत्तरदायित्वको भावनाको लागि कार्यक्रमको आयोजना गरिएको प्रष्ट पारे।
प्रमुख अतिथिको रुपमा,धरान उपमहानगर उपप्रमुखआईन्द्र बिक्रम बेघाले बोल्ने क्रममा मापसेलाई प्रहरीले कारबाही गर्ने तर कहिलेकाही आफुलाई समेत छोड्न लगाउने सिफारिस गरिदिन फोन आउने हुँदा आफुले अहिले सम्म सिफारिस नगरेकोले मापसे गरेर सवारी चलाउँदा प्रहरीबाट पक्राउ हुँदा किन दु:खी हुने?उसले त जीवन बचाईदिएको छ।भन्दै लापरबाही नगरि सवारी चलाउन सबैलाई अनुरोध गरे।धरानको सन्दर्भमा भानुचोक देखि लक्ष्मी चोक सम्म एकतर्फी बाटोको संचालनले अत्यन्तै कम दुर्घटना भएको छ।धरानको जिल्ला ट्राफिक प्रहरी कार्यालय ३५ बर्षदेखि भाडाको घरमा भएको कारण भरखर आफ्नै भवनको लागि धरानको तीनकुनेमा तार घेराबारा गरिएको र भवन बनाउन पहल सबैले गर्नुपर्ने बताए।सिटि सफारीको लागि स्थानीय स्तरबाटै संचालन गर्न पहल गरिदिन प्रहरी प्रमुख ज्युहरुसँग अनुरोध समेत गरे।
विशिष्ट अतिथीको रुपमा बोल्दै जिल्ला प्रशासन कार्यालय,सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सडकको अवस्था,सवारीको अवस्था,चालक र परिचालकको अनुशासन,ट्राफिक प्रहरीको भुमिका र उपचारको ब्यबस्थापनको बारेमा सबै सचेत हुनुपर्ने अवस्था आएको छ।सवारीको अवस्था दुरुस्त राख्ने,सचेतनाका कार्यक्रम संचालन गरिनु पर्ने। बताईन्।
यातायात ब्यबसायी मोहन बरालले दुर्घटना ट्राफिक सचेतताको कमी , चालकको लापरबाही, सडकको अवस्था र सवारीको अवस्थाको कारणले नै हुने गर्दछ।टाईम कार्ड लागू हुनुपर्ने,बसपार्कमा यात्रु तानातानको अन्त्य खोजिनु पर्ने,लापसे मापसे कडाई हुनुपर्ने,उत्कृष्ट चालकलाई पुरस्कृत गर्नुपर्ने बताए
निमित्त प्रदेश प्रहरी प्रमुख भिम दाहालकोअध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै कर्तव्यपालनाको सिलसिलामा आफुले उदयपुरमा भोगेको मार्मिक घटनामा दिदिभाई सवार स्कुटी दुर्घटनामा छोरी गुमाएका पिताले दुईचार थप्पड लगाएर लाईसेन्स बनाउन लगाईदिएको भए मेरो छोरी बाँचेको हुन्थीन् होला सर भन्दै बिदेशबाट फर्केर हामी साँमु रोएको कुराले मलाई दुख्ने गर्दछ भन्दै ट्राफिक ब्यबस्थापनका तीन त्तत्त्व हुन्छन् पहिलो ईन्जिनियरिङ्ग त्तत्त्व जस्ले सडकको निर्माण दुर्घटना हुने,नहुने निर्माण गर्दछ ।दोस्रो मानविय त्तत्त्व जसले हामी सवारी चलाउने कति सचेत छौ र हामी ट्राफिक प्रहरी नियम कार्यान्वयन गराउन लागि परेको छ छैन र तेस्रो मेकानिकल त्तत्त्वमा चलाउने सवारीको अवस्था सहि छ कि छैन छैन भने दुरुस्त राख्नु पर्द्छ त्यसमा पनि सबैभन्दा प्रमुख नै मानबिय त्तत्त्व हो सबै सजग सचेत हुन सक्नु पर्ने कुरा बताए।
उक्त कार्यक्रममा नेपाल पूर्ब प्रहरी संगठन सुनसरी, नेपाल पुलिस स्कुल,सचेत धराने समूह,पब्लिकहाई स्कुल धरान,हिबिस्कस ईङ्लिस बोर्डिङ्ग स्कुल धरान,शिक्षा निकेतन मा.बि धरान,शिद्धार्थ शिशु सदन,युरेका आबासिय मा.बि,,नेपाल स्काउट सुनसरी,महिला सन्जाल धरान,लायन्स क्लब इन्टर्नेशनल,ड्राईभिङ्ग स्कुल संघ नेपाल,नेपाल मजदुर हकहित समाज सुनसरी,घन्टाघर यातायात प्रा.लि, बरपिपल यातायात प्रा.लि, वडा कार्यालयको ब्यानरर पम्प्लेट सहित वैद्यार्थी,पदाधिकारीहरु सहित हजारौंको सहभागिता रहेको उक्त भब्य प्रभातफेरी पश्चात् सभ्य र भब्य कार्यक्रमको संचालन कुशल संचालक जिल्ला ट्राफिक प्रहरी कार्यालय,सुनसरीका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले गरेका थिए।
Discussion about this post