दिपेश रोक्का
मोरङ । मोरङ जिल्लाको कानेपोखरी – ७ मा रहेको भलुवा सिमसारको काम बिचैमा अलपत्र परेको छ ।सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न भएको छैन । भलुवा सिमसारलाई पूर्बकै नमुना पर्यटकीय क्षेत्र बनाउन निर्माण कार्य सुरु भएको थियो। सिमसारलाई कानेपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष तारा बहादुर काफ्लेले शिलान्यास गरेका थिए ।
भलुवा सिमसार निर्माणको लागि ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयामा `स्काई सएस मुटुयल जेबि ´ ठेक्का लिएको थियो । अहिलेसम्म आधा काम मात्र सम्पन्न भएको छ । ठेकेदार कम्पनीले दुई बर्ष भित्र काम सम्पन्न हुने गरि काम सुरु गर्न लागेको वडा नं.७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले बताएका थिए । करिब दुई बर्ष बितिसक्न लाग्दा पनि भलुवा सिमसार को काम आधा पनि सम्पन्न भएको छैन ।
पुर्व मन्त्री भानुभक्त ढकालले `भलुवा सिमसार ´लाई पर्यटकिय क्षेत्र को रुपमा बिकास गर्न ५ करोड बजेट बिनियोजन गरेका थिए । मन्त्रालय बाट ७० प्रतिशत र गाउँपालिका ले ३० प्रतिशत व्यवहोर्ने गरि रकम बिनियोजन गरिएको थियो ।
पुर्ब पश्चिम राजमार्ग कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह को क्षेत्र भित्र रहेको तल्लो भाग मा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ ।
वन्यजन्तुको लागि सानो चिडियाखाना , ट्री हाउस , वनभोज खाने कटेज , स्वागत गेट , कल्भट , विश्रामलय , पाले बस्ने ठाउँ शौचालय , पोखरी विस्तार तथा सफा गर्ने , पोखरी को विचमा मा पुलको निर्माण , सभा हल सहित को पाहुना वस्ने घर जस्ता जस्ता संरचना निर्माण हुने भनिएको थियो । अहिलेसम्म भनिएका आधा काम मात्रा सम्पन्न भएको छ ।
उति खेर तत्कालीन वन समितीका अध्यक्ष हरि पौडेलले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटि १० बर्षमा पुर्वकै प्रमुख पर्यटकीय स्थल बनाउने घोषणा गरेका थिए । उति खेर बजेट अभाव को कारण काम हुन सकेको थिएन ।
यो सिमसार संरक्षण र सम्वधर्नको लागी लाखौ बजेट निकासा भएपनी सोचेअनुरुप काम नभएको स्थानीयको भनाइ रहेको छ।
Discussion about this post