साकेला सास्कृतिक पार्कमा श्रमदान मैझारो 

दिपेश इशारा राई
धरान ।साकेला सास्कृतिक पार्कको श्रमदान कार्य सम्पन्न भएको छ । शुक्रबार धरान उप-महानगरपालिका वडा नं १७ रिसोर्ट मा रहेको साकेला सांस्कृतिक पार्कमा श्रमदान मैझारो गरिएको हो । किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिको आयोजनामा भएको श्रमदान विगत दिन देखि सन्चालन हुदै आएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि किशोर राईले किरात राई यायोक्खा सुनसरी जिल्लाको पहिलो श्रमदान अभ्यास प्रभावकारी र उपलब्धिमुलक भएको बताएका छन । यो कार्य पछिका सन्ततिहरुले स्मरण गर्नेछन उनले भने । साकेला सांस्कृतिक पार्क किरात राईहरुको लागि प्राण र पवित्र मन्दिर हो यसलाई जोगाउनु पर्छ । यसको सरक्षण गर्ने किरात राईहरुको मात्र नभएर सरकारको समेत कर्तव्य हो ।
समितिका अध्यक्ष राजेन्द्र राईले किरात राईहरुको साझा सांस्कृतिक थलो साकेला पार्कको सरक्षण र शुन्दरतालाई सुसज्जित गर्न उत्त कार्य गरिएको बताएका छन । श्रमदान मार्फत साकेला पार्क भित्र बिरुवा,दुबो रोपने,रुख रङ्गयाउने,पार्क परिसरमा सरसफाई गर्ने जस्ता कामहरु गरिएको  छ । पार्क परिसर भित्र पानीको सुविधा पुर्याउनको लागि पाइप बिछ्याउने काम समेत भएको अध्यक्ष राईले बताए । किरात राईहरु जन्मदा,जिउदा र मृत्युवरण पछि चाहिने बोटबिरुवा समेत भेडेटार आसपासको चिसेनि जंगलबाट संकलन गरि सास्कृतिक पार्कमा रोपिएको उनले जानकारि गराएका छन । श्रमदान समापन सङ्गै असारको रोपाई लाई स्वागत गरि रोपाई, नाँचगान समेत गरिएको थियो ।
 कार्यक्रममा किराया सुनसरी जिल्ला कार्य समिति साथै वडा समिति,किरावि,सुम्निमा संघ,टोल बिकाश समिति,भोजपुरे बान्तावा लाक्छाम सरक्षण समिति लगायतका भातृ तथा भाषिक समुहहरुको उपस्थिति रहेको थियो ।  किरात राई यायोक्खा अग्रज दाता भुपिमाया राई,नेपाल पत्रकार महासंघ सुनसरि जिल्ला अध्यक्ष जनक ऋषि राई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन नबिन राईले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित