दिपेश रोक्का
कानेपोखरी । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा रहेको आर्दश समाजले रमाइलोमा रहेको जनसेवा माबीको सभाहलमा लागूऔषध दुर्ब्यसनी कार्यक्रम सम्पन्न गरेको छ।
आदर्श समाज ले समाजरुपान्तरण को निम्ति विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । कानेपोखरी गाउँपालिका वडा नं ६ को समन्वय मा आदर्श समाज ले कार्यक्रम गरेको हो । आदर्श समाजका अध्यक्ष प्रकाश कोइराला ले भने कानेपोखरी भित्र लागूऔषध खाने युवायुवतीहरु बढी भएकाले किशोर किशोरीहरुलाई कुलतमा फस्न नदिन जनचेतनामूलक कार्यक्रम को आयोजना गरेको बताएका छन ।कार्यक्रमको प्रमुख अतिथी कानेपोखरी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष खडग बहादुर बस्नेत गरेका थिए।
उक्त कार्यक्रम को सहजीकरण प्रहरी चौकी रमाइलोका कार्यलय प्रमुख घनश्याम पाण्डेले गरेका थिए । कार्यक्रममा विद्यालयकोको शिक्षक तथा २०० जना बिद्यार्थीहरुको उपस्थित रहेको थियो । युवा युवतीहरु लागूपदार्थ दुर्व्यसनीमा नफस्न आह्वान समेत गरेका छन ।
कार्यक्रममा विभिन्न राजनीति दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडा अध्यक्ष बस्नेतले भने समाजरुपान्तरणको निम्ति बिभिन्न जनचेतनामुलक कार्यक्रममुलक गर्न निर्देशन दिएका छन।
Discussion about this post