दिपेश रोक्का
मोरङ(कानेपोखरी ) । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा शुक्रबारको दिन धान रोपेर रमाइलो जेसिजले धान दिवस मनाएको छ।
रमाइलो जेसिजले स्थापना कालदेखि नै धान दिवस मनाउदै आएको थियो । रमाइलो जेसिजका अध्यक्ष मातृका कोइरालाले रमाइलो जेसिजले आगामी दिनमा पनि बिभिन्न्न कार्यक्रमहरु गर्ने बताएका छन । रमाइलो जेसिजका अध्यक्ष कोइरालाले भने धान दिवसको दिन विभिन्न ठाउँहरुमा कार्यक्रम लहरु गरेर धान रोपेर धान दिवस मनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी कानेपोखरी गाउँपालिका वडा ६ का वडा अध्यक्ष खड्गबहादुर बस्नेत थिए । कार्यक्रममा रमाइलो जेसिजका सदस्यहरु तथा कानेपोखरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चरण गुरुङको उपस्थिति रेहेको थियो । कार्यक्रमको संयोजक रमाइलो जेसिजका उपाध्यक्ष युवराज कार्कीले गरेका थिए ।
Discussion about this post