बिराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्री हिक्मत कार्किले प्रदेश सभामा आफुलाई विश्वास छ भन्ने प्रस्ताब राख्दा पक्षमा ४६ मत पर्दै विश्वासको मत गुमाएको छ ।
शुक्रवार संसदमा ९३ सांसद मध्ये कायम रहेको ८९ सांसदबाट मतदान भएका थिए । हिक्मत कार्कीको पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको कुरा सभामुख बाबुराम गौतमले घोषणा गरे । यो संगै हिक्मत कार्कि नेतृत्वको सरकारले बिश्वासको मत गुमाएको छ । बिश्वासको मत लिन ४७ मत पुग्नुपर्नेमा एक मत कम भएको हो ।
शुक्रवारको मत हेर्दा एमाले र राप्रपाको मत खसेको बुझिन्छ । संसदमा एमाले ४० राप्रपा ६ सिट छन । यस अघि काङ्ग्रेस,जसपा,माओबादि,नेकपा एसले मत नदिने भनिसकेका थिए ।
Discussion about this post