निमा पोङ्स्युवा
मुस्लिम समुदायको महान चाड इद उल अझा नेपाल सहित विश्वभर हर्षोल्लासकासाथ मनाईरहेका छन ।मुस्लिम समुदायले यस अघि इदुल फित्र मनाईसकेका छन । लामो कठोर वर्त बसेपछि आउने अर्को चाड इदुल अझा हो । यसलाई बकर इद पनि भनिन्छ । नेपाल सरकारले पछिल्लो समयमा लोसर,उधौलि उभौली (साकेला,चासोक,फोलष्यँदर,चासुवा) योमरि पुन्हि,क्रीस्मस र इदको लागि शेरबहादुर देउबा नेतृत्वको सरकारको पालामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्री परिषदबाट निर्णय गराएपछि सार्वजनिक विदा पुनः निरन्तरता पाएको हो । यस अघि केपि ओलिको तिन वर्षे कार्यकालमा एक दिने विदा समेत कटौती गरेका थिए ।
बकर इद (इदु उल अझा)
असार १४ गतेदेखि ३ दिनसम्म धुमधामकासाथ मनाई मुस्लि समुदायको चाड बकर इद अर्था यसलाई इद उल अझा पनि भनिन्छ । यो चाड मुस्लिम समुदाय र इस्लाम धर्मसंग सम्बन्धित छ । इद उल फित्र सम्पन्न भएको करोब अढाई महिनापछि इद उल अझा मनाउने गरिन्छ । आजको दिन मस्जिदमा गएर पाठ पढिन्छ । जसलाई नमाज भनिन्छ । त्यसपछि सबैले आ आफ्नो गच्छे अनुसार खसि,बोका,राँगा,गाई,गोरु आदिको बलि चढाउने गरिन्छ । यसरी दिने बलिलाई कुर्वानि भन्ने कुरा देशिलाईनमा चाबि बनाई जिबिकोपार्जन गर्ने मनोवर अन्सारी बताउँछन् । आजको उनले पनि कुर्वानी दिने तयारीमा छ । मनोवर अन्सारी अन्सारी भन्छ – ” सात जनाको समुह मिलेर कुर्वानिको लागि तयारी गरेका छौ ।” इद उलको समयमा अरब जस्तो कठोर कानुन भएको देशमा राष्ट्रिय जनावर उँठको बलि दिने चलन छ । यहि समयमा मुस्लिम समुदाय र इस्लाम धर्मावलम्बीको पवित्र तिर्थ स्थलमा जाने चलन छ । जसलाई हज भनिन्छ । यो अरब देशको मक्कामदिना भन्ने स्थानमा छ । नेपालबाट भिजा लगाएर जानुपर्ने भएकोले केहि महंगो हुने कुरा अन्सारी बताउँछन् । तिनदिनदेखि मुस्लिम समुदायको घरम व्यापक मासुको आहार हुनेछ ।
इद उल फित्र
इद भनेर मुस्लिम समुदायले वर्षमा दुईपटक मनाईन्छ । पहिलो इदलाई इदुल फित्र भनिन्छ । जुनबेला कठोर वर्त बसिन्छ । यो एक महिने लामो वर्तमा थुक समेत निल्न मनाहि हुन्छ । बिहानदेखि दिनभरी बेलुकासम्म वर्त बसिन्छ । बर्त भन्नाले निराआहार नै भन्ने बुझिन्छ । तर अरु खाने कुरा त कल्पना नगरौ थुक समेत निल्न हुदैन । जब बेलुका वर्त खोलिन्छ त्योबेला फलफुल खाने गरिन्छ । त्यसलाई `इफ्तार´ भनिन्छ । त्यसको करिब दुई महिना १० दिन पछि इदुल अझा मनाईन्छ ।
इदु उल फित्रको समयमा नयाँ लुगा कपडा अनिवार्य फेरिने चलन छ । त्यस समयमा सबैले नयाँ कपडा लगाईन्छ । तर इद उल अझा अर्थात बकर इदमा भने नयाँ लुगा लगाउने अनिवार्य छैन ।
Discussion about this post