बिराटनगर । कोशी नाम आन्दोलनर प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले यहि असार १३ गते प्रदेश सरकारले बोलाएको वार्तामा नबस्ने जनाएको छ ।
संयुक्त संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै सरकार वार्ता अन्योलपुर्ण रहेको आरोप लगाउदै वातावरण नबनेसम्म वार्तामा नबस्ने जारी बिज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा १३ गते विराटनगरमा वार्ता हुने भनिएकोमा उही मिति, उही स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकारी वार्ता समितिले वार्ता गर्ने जानकारी सार्वजनिक हुन आएकाले प्रदेश सरकारको वार्ता टोली स्वयमले वार्ता हुने वातावरण अन्योलपूर्ण बनाएका उल्लेख छ ।
सरकार स्वयमले यस अन्योलतालाई चिर्दै वार्ताको वातावरण नबनाएसम्म प्रदेश नं. १ पुनः नामाङ्कन सङयुक्त सङ्घर्ष समिति वार्तामा बस्न नसकिने स्पष्ट पारेको छ । बिज्ञप्तिमा प्रदेश नं. १ पुनः नामाङ्कन सङयुक्त सङ्घर्ष समिति वार्ताका लागि सधैँ तत्पर रहेको पनि उल्ले छ ।
प्रदेश सरकारले संयुक्त संघर्ष समितिलाई वार्तालागि बोलाएपछि नागरिक उन्मुक्ति पार्टीलाई पनि सोहि दिन वार्ताको लागि भनेर बोलाएको पत्र सार्वजनिक भएको छ । यसले संयुक्त संघर्ष समितिलाई फुटाउने रणनीतिक रुपमा हेरिएको छ । संयुक्त संघर्ष समितिलाई पत्राचार गरिसकेपछि छुट्टै नागरिक उन्मुक्ति पार्टीलाई पत्राचार गर्न वातावरण अन्योल बनाउने आशय संयुक्त संघर्ष समितिको बिज्ञप्तिमा छ ।
वर्तमान कार्कि सरकार जसपा र माओबादिले समर्थन फिर्ता गरेपछि यहि असार १५ गते भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त नगरे कार्कि सरकार स्वत पदमुक्त हुनेछ । प्रदेश सरकारले १४ गते बैठक बोलाएको छ ।
Discussion about this post