च्याम्ताङ काठमाडौ कल्याण समाजले २३ लाख ३२ हजार उपचार सहयोग संकलन गर्‍यो

काठमाडौ । संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ दम्दाङ (च्याम्ताङ)का बिरामी फूपू लामु भोटेको उपचार सहयोगार्थ जम्मा २३ लाख ३२ हजार ७२७ रुपैया संकलन भएको छ ।

च्याम्ताङ काठमाडौ कल्याण समाजले उपचार सहयोगको लागि भनेर सार्वजनिक रुपमा अपिल गर्दै समाजको बैंक खाता समेत उपलब्ध गरेका थिए । समाजले सहयोग आउने क्रम जारी रहेकोले यस अघि बन्द गर्ने भनिएको सहयोग अभियान लम्बिएको बताए ।

समाजले अपेक्षा गरेको भन्दा बढि नै सहयोगी दाता आएको भन्दै सबैलाई धन्यवाद दिएको छ । संकलन भएको सहयोग रकम समाजको खातामा रहेको सार्वजनिक गर्दै बिरामीलाई हस्तान्तरण गर्ने बताएको छ । यस अघि संकलन भएको रकम ५ लाख ३७ हजार ३१९ रुपैया उपचारको क्रममा अग्रीम दिइएको बताए ।

गाउँमा बिरामी भै अचेत अवस्थामा उपचार हुननसक्दा हेलिकप्टर चार्टर गरेर काठमाडौ लगेका थिए । समाजले निजको उपचारको लागि भनेर अभियान चलाएपछि देश बिदेशबाट आर्थिक सहयोग आएको हो । उनको उपचार काठमाडौको मित्रपार्क स्थित दीर्घायुगुरु अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । गत जेठ २० गते अचेत अवस्थाबाट भेन्टिलेटर सहितमा राखेर उपचार गरेपछि अहिले भने धेरै सुधार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित