क्याम्पसका विद्यार्थी माझ लागू औषध न्यूनीकरण कार्यक्रम

दिपेश रोक्का
झापा । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको ईन्द्र चन्द्र क्याम्पसको प्राङ्गणमा लागूऔषध सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन इन्द्र चन्द्र क्याम्पस को आयोजनामा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा स्वतन्त्र बिद्यार्थी युनियनका सभापति पवन दाहालले अहिलेको बिकाराल अवस्थामा बिद्यार्थीहरु लागू औषध दुर्व्यासनमा फसेको कारण त्यसको न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गर्नु परेको बताए ।

कार्यक्रमको सहजीकरण पुनर्जन्म समुह नेपाल बिर्तामोडका प्रशिक्षक राजु गिरिले गरेका थिए । प्रशिक्षक गिरिले बिद्यार्थीहरुलाई लागू औषधमा नफस्न आव्हान समेत गरेका थिए। आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रम को आयोजना गर्ने प्रशिक्षक गिरिले बताए ।

कार्यक्रम को प्रमुख अतिथि क्याम्पस प्रमुख प्रकाश दाहालले गरेका थिए । कार्यक्रममा शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा १५० बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन स्ववियु सचीव सृजित जङ ढुङ्गानाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित