कानेपोखरी गाउँपालिकाको वार्षिक कार्यक्रम पारित गर्दै ५५ करोड बढीको बजेट ल्याए

दिपेश रोक्का
मोरङ (कानेपोखरी )। मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक कार्यक्रम पारित गर्दै ५५ करोड बढीको बजेट ल्याएका छन् ।

असार १० गते गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष भोला प्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/२०८१ को लागि ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट प्रस्तुत गरेको हो ।

ससर्त, समपुरक र विषेश अनुदान २८ करोड ५२ लाख २५हजार र सामानिकरण, राजस्व, आन्तरीक श्रोत गरी २७ करोड ३८ लाख २२ हजार ९ सय रुपैया गरी ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट ल्याएका हुन । अघिल्लो आर्थिक बर्षको भन्दा कम बजेट हो ।

गाउँसभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राजमती इङ्नामले प्रस्तुत गरेकी थिइन् । १०५ बुुँदाको नीति तथा कार्यक्रम पारित गरेको थियो । सभामा गाउँसभा सदस्यहरुले आफ्ना कुराहरु राखेका थिए ।कृषि विकास, पशुपंक्षि विकास, सहकारी, उद्यम, सीप र रोजगार, शिक्षा, स्वास्थ्य, समावेशिता प्रवद्र्धन र सामाजिक सुरक्षा, खेलकुद, खानेपानी र सरसफाई, पूर्वधार विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र र भूमि व्यवस्थापन जस्ता कार्यक्रमहरुको नीति तथा कार्यक्रमहरु प्रस्तु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित