कोशी प्रदेश लेखिएको ब्यानर र प्रमाणपत्र सच्याउन चेतावनी, कार्यक्रम स्थलबाट थुतेर जलाउने चेतावनी

धरान । पहिचानको लागि युवाले धरानमा हुन गैरहेको दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवमा कोशी लेखिएको ब्यानर सच्याउन चेतावनी दिएको छ ।

पहिचानको लागि युवाले महोत्सवको ब्यानर र प्रमाणपत्रमा कोशि लेखिएको भेटिएपछि सच्याउन आग्रह गरेको बताए । पहिचानको लागि युवाका एक घटक राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले आयोजकलाई सच्याउन आग्रह गरेको बताए । थाम्देनले एकजनालाई फोनमा जानकारी गराउदा झुम्का निवासी रहेको बताए । उनले कोशी लेखिएको व्यानर नराख्ने प्रतिबद्धता जनाएको बताए । त्यसैगरी उनले प्रतिष्ठानको अध्यक्ष गोपाल रहेको जानकारी भएपछि उहाँलाई पनि ब्यानर प्रमाणपत्र लगायत कुनै पनि डकुमेन्टमा कोशी लेखिएको पाए भौतिक रुपमा आएर कार्वाही गर्ने चेतावनी दिएको बताए ।

पहिचानका लागि अर्का युवा शिवाहाङ राईले पनि प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठलाई फोन मार्फत सचेत गराएको बताए । उनले भने झुम्कामा रहेका ब्यक्तिलाई प्रचारप्रसारको जिम्मेवारी दिएको भन्दै अध्यक्ष गोपाल श्रेष्ठलाई भन्न नम्बर दिएको बताए । उनले कोशि नलेखेको खण्डमा बजेट नदिनेभएकोले लेख्न बाध्य भएको भनेर बताए । तर कोशि नलेखि गर्ने भए कार्यक्रम गर्न दिने भन्दै कोशी लेखिएको पाईए कार्यक्रम बिथोल्ने चेतावनी दिएको कुरा सिवाहाङ राईले बताए ।

यस विषयमा अर्जुन जम्लेलिले आयोजकसँग भेटेर हाम्रो मापदण्ड अनुसारको कार्यक्रम गर्न सुझाब दिने भन्दै सोहि अनुसार कार्यक्रम तयारी गर्न पाउने बताए ।

अर्का युवा बिष्णु लिम्बुले यस्ता खालको कार्यक्रम रोक्नुपर्ने बताए । जसका लागि शक्ति प्रयोग गर्न आफु अगाडि बढ्ने बताए ।

साहित्यकला संस्कृति प्रतिष्ठान धरानले असार १५ र १६ गते धरानमा दोस्रो महोत्सव गर्ने तयारी गरेको छ । प्रतिष्ठानको ब्यानरमा कोशी प्रदेशबाट अन्जिला थामि अर्पणाको नाम राखेको छ । त्यहि भएर पहिचानको लागि युवाको ध्यानाकर्षण भएको जनाएको छ । ब्यानरमा सात प्रदेश सर्जकको नाम फोटो र प्रदेशको नाम राखेर प्रचारप्रसार भैरहेको छ ।

पहिचानको लागि युवाले धरान उपमहानगरले लेटरप्याड र छापमा कोशी लेखिएको भन्दै बजारमा कर्मचारीलाई समेत नियन्त्रण गर्ने अन्तिम चेतावनी दिएपछि कोशी नाम हटाएको छ ।

कोशी नाममा समर्थन गरी पारीत गर्न सघाउने राजनीतिक दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समेत आन्दोलनदेखि पछि हटिसकेको छ । जसपा र माओवादीले सरकार छाडेको र समर्थन फिर्ता लिएपछि हिकमत कार्कि नेतृत्वको सरकार अल्पमतमा परेको छ । अव हिकमत सरकारले असार १५ गते विश्वासको मत लिनुपर्छ भने लिन नसके स्वत पदमुक्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित