काठमाडौ । कोशी नाम खारेजी आन्दोलनको लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकमा खोलिएको खाता प्रहरीले रोक्का गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले पत्र काट्दै बैंक खाता रोक्का गरिएको कुरा बाहिरीएको छ । ग्लोबल आइएमइ बैंक शाखा कार्यालय भक्तपुरलाई रोक्काको पत्र काट्दै लेखिएको छ – ” उपरोक्त सम्बन्धमा कोशी प्रदेश नामाङ्करणको विषयलाई लिई भई रहेको आन्दोलनमा सहयोग गर्नको लागी भनी ग्लोबल आई. एम. ई. आई. बैंक लि शाखा कार्यालय गठ्ठाघर भक्तपुरकोमा २५५०७०१००२१८७२ को खाता खोलेको भन्ने बुझिन आएकोले उक्त खाता अनुसन्धानको सिलसिलामा रोक्का राखिदिने व्यवस्था गरिदिनहुन अनुरोध गरिएको छ ।”
Discussion about this post