धरान । आर्थिक वर्ष २०८०/८१ को बजेट धरान उपमहानगरपालिकाले आइतबार नगरसभामा प्रस्तुत गरेको छ ।
भुपु सैनिक भवनमा आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट उप मेयर आइन्द्र बेघाले नगर सभामा प्रस्तुत गरेको हो ।
१ अर्व ७१ करोडको बजेट पेश गर्दैसंगै नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा खानेपानीलाई राखिएको छ । त्यसपछि पर्यटनलाई प्राथमिकतामा राखिएको छ । तर खानेपानीको लागि नीतिमा सिमित राख्दै बजेट भने राखिएको छैन ।
वडागत बजेट सिलिङ र मेयर उपमेयर कोषमा कुरा नमिलेपछि भने कार्यपालिका बैठक लम्बिएको थियो । आन्तरिकबाट २० वटा वडालाई २१ करोड बजेट विनियोजन भएको छ । मेयर कोषमा १ करोड ५० लाख र उपमेयर कोषमा ७५ लाख छुट्याइएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ कुल ४७ करोड १३ लाख विनियोजना गरिएको छ ।स्वास्थ्यतर्फ ४ करोड ९ लाख, सामाजिक विकासतर्फ २ करोड ८६ लाख विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ कुल ३ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरी वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड २५ लाख, पर्यटनतर्फ मात्र १० लाख विनियोजन गरिएको छ । सुचना तथा सञ्चारतर्फ २५ लाख ५० हजार, साहित्य कला र सँस्कृतितर्फ ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापन कार्यको लागि आन्तरिक स्रोतबाट २३ लाख बजेट विनियोजन गरिएको छ ।
Discussion about this post