दिपेश रोक्का
बेलबारी । जबरजस्ती करणीको अभियोगमा बेलबारी नगरपालिका कार्यपालिका सदस्य बिजय तोलाङ्गीले अदालतवाट सफाई पाएका छन् ।
न्यायाधीश राजेश कुमार कट्वालकोे इजलासले असार ६ गते अभियोग दाबि नपुगेको भन्दै जिल्ला अदालत मोरङले सफाई दिने आदेश गरेको हो । मोरङको बेलबारी नगरपालिका वडा नं. २ निवासी तोलाङ्गीले एक नर्सलाई जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा तोलाङ्गी झन्डै ६ महिना मोरङ्ग कारागारमा बसेका थिए ।
तोलाङ्गीका विरुद्ध उर्लाबारी घर भएकी ती नर्सले ०७९ श्रावण २१ मा ईप्रका बेलबारीमा जाहेरी दिएकी थिइन । मंशिर ५ मा प्रहरीको सम्पर्कमा पुगेका तोलाङ्गीलाई अदालतले पौष १४ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।तोलाङ्गीलाई मोरङ जिल्ला अदालतले उक्त अभियोगमा सफाई दिएको छ । अदातलको सफाई पछि तोलाङ्गी थुना मुक्त भएका छन ।
तोलाङ्गीका अनुसार ७ बर्ष पहिले देखि प्रेम सम्बन्धमा रहेकी प्रेमिका सँग ०७९ श्रावण १७ गते देखी १९ गते सम्म उनिहरु जेफाले घुम्न गएका थिए । जेफालेबाट फर्किएको ३ दिनपछि ति युवतीले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन । पारिवारिक सल्लाह गरेर मंसिरमा बिबाह गर्ने सहमति उनिहरु बिच थियो । तोलाङ्गी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन ।
Discussion about this post