मेयर साङ्पाङको आरोप मिथ्या,फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग ५० लाख रुपैया

धरान । पर्यटनमन्त्री सुदन किराँतीलाई गफाडि भनेर मेयर हर्क साङ्पाङले  सामाजिक संजालमा स्टाटस हालेको आरोप मिथ्या भएको छ । मन्त्री सुदन किराँतीले जवाफमा ५० लाख बजेट विनियोजन भएको सप्रमाण जवाफ सामाजिक संजाल फेसबुकमा नै दिएको छ ।

मेयर हर्क साङ्पाङले स्टाटस लेख्दै -“सुदन किराती पनि गफाडी रैछन् ! श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् !”भनेका थिए । तर त्यसको जवाफमा मन्त्री किराँतीले फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि आगामि आर्थिक वर्ष २०८०/८१ को लागि रू ५० लाख विनियोजन भएको जानकारी दिदै साङ्पाङको स्टाटस समेतलाई राखेर बजेट देखाएको छ ।

मन्त्री किराँतीले जवाफमा लेखेका छ्न – “हुनत हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला ।” मन्त्री किराँतीले पदमार्गको नाम समेत परिवर्तन गर्ने सोच रहेको भन्दै – “अझ मलाई त यो पदमार्गको नाम “तराई पहाड एकता पदमार्ग” राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए ।”

मन्त्री सुदन किराँतीको स्टाटस :

मेयर साब नमस्कार !
फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू- ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुनत हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला । अझ मलाई त यो पदमार्गको नाम “तराई पहाड एकता पदमार्ग” राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित