धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले पर्यटन नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गफाडि भनिएको छ ।
मेयर साङ्पाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै गफाडि भएको लेखेको छ । गत साल सुदन किराती मेयर साङ्पाङको वृक्षरोपण कार्यक्रममा आएका थिए । केहि महिना अघि मेयर साङ्पाङको टोलि सबै मन्त्रालय पुगेर धरानको बिकास निर्माणका लागि बजेट माग गरेका थिए । त्यहि शिलसिलामा पर्यटन मन्त्री सुदन किराँती समक्ष पनि पुगेका थिए । मेयर साङ्पाङले लेखेका छन – “सुदन किराती पनि गफाडी रैछन् ! श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् !”। मेयर साङ्पाङले स्टाटसमा बोलेको कुरा पुरा गन भनिएको छ । साथै वृक्षरोपणको लागि निम्तो दिएको छ – “बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाइ छ जे होस् ! जय पितापूर्खा !।”
Discussion about this post