नुन बोक्न हिड्ने फुस्रे साँगुरि पदमार्ग उद्घाटन(भिडियो फोटो सहित)

 

धरान । धरान धनकुटा सडक बन्नु अगाडि नुन बोक्न हिड्ने फुस्रे साँगुरि पदमार्ग मेयर हर्क साङ्पाङद्वारा उद्घाटन गरिएको छ ।

मंगलबार भव्य सहभागी सहित पदमार्ग उद्घाटन गरिएको हो । सडक नबनेको समयमा पहाडी जिल्ला धनकुटा,भोजपुर,संखुवासभा लगायतका जिल्लाका बासिन्दाहरु नुन लिनको लागि फुस्रे झर्ने गर्दथे । उद्घाटनको क्रममा मेयर हर्क साङ्पाङले हाम्रो पुर्खाहरु नुन र मट्टीतेल लिनको लागि यहि बाटो भएर आउने गर्थे उनले भने । साङ्पाङले हाम्रो पुर्खाले धेरै दुख गरेको बाटो भएको भन्दै पछिल्लो पुस्तालाई थाहा नहुने बताए । अव यो बाटोमा आन्तरिक तथा बाह्य पर्यटक हिड्ने बताए । धरानबाट पदमार्ग जोडेर लाने क्रम रहेको भन्दै भेडेटारमा यस बिषयमा साँगुरि गाउँपालिकाका अध्यक्षले डिपिआर तयार पारेको बताए ।

उप मेयर आइन्द्र बेघाले यो बाटोमा पुर्खा हिडेको भन्दै लक्ष्य लामो भएको तर बजेट कम भएको बताए । यहि हिसाबले क्रमिक रुपमा पदमार्ग जोड्दै लाने बताए । अहिले परिकल्पना १०/१२ वर्ष लाग्ने भन्दै तर पनि क्रमिक रुपमा जाने हो भने छिटो पनि हुनसक्ने बताए ।

पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लिम्बुले २८ लाख ५१ हजारमा ५१२ मिटर पदमार्ग निर्माण सम्पन्न गरेको बताए । संघीय सरकारको विनियोजन गरिएको बजेटबाट वडा नम्बर ४ मा एउटा भवन र पदमार्गको लागि कुल ९७ लाख रुपैया विनियोजन भएको बताए । त्यसमध्ये ६०/४० को बजेटमा ३८ लाख ८० हजारको भागि परेको बताए । त्यसमा ७ लाख ८० हजारको श्रमदान भएको उपभोक्ता समिति अध्यक्ष राम लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित