बिराटनगर । कोशी नामलाई स्थापित तथा कार्यान्वयन गराउने उद्देश्यले स्रष्टालाई सम्मान तथा पुरस्कारको लागि व्यक्तिगत विवरण मागिएकोमा १३८ स्रष्टाले बहिष्कार गर्ने भएको छ ।
१३८ जनाको नामावली सहित जारी प्रेस बिज्ञप्तिमा गत जेठ २८ गते कोशी प्रदेश नाम उल्लेखित लेटर प्याडमा सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान गर्नुहुने कोशी प्रदेशभित्र रहेका ख्यातिप्राप्त श्रष्टाहरूलाई सम्मान तथा नवोदित प्रतिभाहरूको प्रोत्साहन गर्ने हेतुले सर्जकहरूको व्यक्तिगत विवरण पठाउन आह्वान गरेको जनाएको छ । यस बिषयमा कतिपय स्रष्टाहरूलाई पुरस्कार ग्रहण गर्न फकाईफुलाई गरिरहेको पनि बिज्ञप्तिमा उल्लेख छ । यसप्रति १ नं. प्रदेशवासी हामी सम्पूर्ण भाषा, संस्कृतिकर्मी, साहित्यकार, कलाकारहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आम प्रदेशवासी जनतालाई थाहै नदिई डांकामार शैलीमा षड्यन्त्रपूर्वक यहाँका आदिवासीको पहिचानलाई पत्तासाफ पारेर गत २०७९ फागुन १७ गते १ नं. प्रदेशको नाम कोशी नामाकरण गरेपछि अहिले कोशी नामको विरुद्ध आन्दोलित रहेको जनाएको छ । नामाकरण यता प्रदेश नं. १ रणमैदान बनेको उल्लेख छ । शान्तिपूर्ण आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ) को निर्ममतापूर्वक हत्या गरिएको उल्लेख छ । प्रदेश नं. १ बासी सोझासिधा न्यायप्रेमी जनता प्रहरीको चरम दमनले सैयौंको सङ्ख्यामा अंगभंग भई घाइते भएको बिज्ञप्तिमा उल्लेख छ ।
देश सबै जाति, भाषी, संस्कृति, धर्मी र सभ्यताको साझा हो भन्दै एकलजातिवादी ब्राम्हानवादी सरकारले आफ्नो मात्र पेवा ठानेको आरोप छ । आदिवासीको पहिचान र अस्तित्वलाई नामेट पारी सर्वत्र देशैभरि बाहुनवाद लाद्न चाहेको आरोप बिज्ञप्तिमा छ । जसको पछिल्लो उदाहरण कोशी नाम हो भन्दै एकल जातिवादी ब्राम्हनवादीहरूका यस्ताखाले छलकपट, जालझेल हामीलाई किमार्थ अब उप्रान्त मान्य हुने छैन भनिएको छ । समानता, समता, न्याय र पहिचानका निम्ति जस्तोसुकै मूल्य चुकाउन किन नपरोस् भन्दै लडिरहेका छौं र लडिरहने छौं भनिएको छ ।
कलाकार, साहित्यकारलाई सम्मान र पुरस्कारको लोभ देखाएर कोशी नामलाई वैधानिकता दिने प्रदेश सरकारको कुनियतको पर्दाफास गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकार जिम्मेवार भई चाँडो भन्दा चाँडो निकास निकाल्नुपर्नेमा उल्टो अल्मल्याउने, विभिन्न बहानाबाजीमा कोशी नामलाई स्वीकार गर्न बाध्य पार्ने जस्ता गैइजिम्मेवार हर्कतहरू प्रदेश सरकारको निर्देशनमा भइरहेका छन्। यस्ता खाले सरकारी षड्यन्त्र र छलकपट तुरुन्त बन्द गर्न चेतावनी दिएको छ।
कोको छ्न १३८ जना स्रष्टाहरु नामावली:
१. पार्वती राई, २. सरला राई, ३. कला राई, ४ बबिना किराती ५ प्रवृती राई ६. प्रगती राई ७. कविता राई गाउले ८ सुष्मा रानोमा ९ दिपा मेवाहाङ राई, १०. साकेन बान्तावा, १२. शुशिला निनाम, १३. जाउमा म्वारेबुङ, १४, सीता थुलुङ, १५. तारा मिहाङ, १६. बिनसा राई, १७. इन्द्रकला राई, १८. सरिता राई, १९ अनिल बान्तावा, २० नमन राई, २१. बलिराज खम्बु, २२. प्रकाश दुमी राई, २३. भद्रगोल किराती, २४. खुक्सङ खम्बु राई, २५. विकास सौगात २६ तेजमाया दुमी राई, २७ पदम थुलुङ राई, २८. रोशन चाम्लिङ राई, २९. युवराज राई बिरबहादुर, ३०. देव समिप, ३१. दिपक राई, ३२. गाणेश इशारा, ३३. बिरेन्द्र राई, ३४. चन्द्र रानोहँछा, ३५, चन्द्रवीर तुम्बापो, ३६. स्वप्निल स्मृति, ३७ जसिहब थुलुङ वायुंम्च्यो, ३८ भवि धरासायी, ३९ काङमाङ नरेश राई, ४०. गणेश कुमार राई, ४१. शुभचन्द्र राई, ४२ प्रेमिला राई, ४३. पवन राई, ४४. आरोही मादेन, ४५. राधा राई, ४६. दिपक बान्तावा, ४७. इनुमा इनु, ४८. कन्काइष्ट राई, ४९ रूप कुमार राई, ५०. जितेन राई, ५१. मिल्सन राई, ५२. महेन्द्र बुलुङ राई, ५३. डा. तारामणि राई, ५४. शकुन आँशु, ५५. प्रविन पुमा, ५६. आश कुमार राई, ५७. योगेश्वर खालिङ, ५८. कन्चन बम्जन तामाङ, ५९. राज कुमार राई, ६०. सन्जोश राई, ६१. सोनाम सज्जन किराती, ६२. विराट किराती, ६३. रुमानी कुलुङ, ६४. साइसेन पन्धाक, ६५. सेलिङ कैसी, ६६. निहाङ किराती, ६७. अम्बिका अनमोल, ६८. शिवराज राई, ६९. दुर्लभ जन्तरे, ७०. डा. सुमाया राई, ७१. नाकिम, ७२, भोगिराज चाम्लिङ, ७३. डिल्लिराम राई नाकारा, ७४ जिवन नाछिरिङ, ७५ जिक्रम चेतनशील, ७६. दुर्लभ काइला, ७७. मिलन कान्छा किराती ७८. वाम्बुले जिवीहाङ किराती, ७९. कविन वाम्बुले ८०. अरुण राई, ८१ मबिन्द्र राई साईलाई, ८२. असल चरित्र, ८३. पवन चाम्लिङ, ८४ बेनुका राई, ८५ दयाहाङ राई, ८६ जसिहाङ राई, ८७. मुना राई, ८८. उर्मिला राई, ८९ विनोद कुलुङ, ९०. पूर्ण राई, ९१. पावल राई थुलुङ ९२. सुष्मा राई, ९३. तिलक चाम्लिङ, ९४. बुडालुङ चाम्लिङ ९५ राजन मुकारुङ, ९६ उपेन्द्र सुब्बा ९७ हाङयुग अज्ञात, ९८. जेनिकला राई, ९९ कुमार प्रयास १०० बिनोद विक्रम राई, १०१. लाहाङ सुब्बा, १०२. सुनिता थेगिम, १०३. सुरज मादेन, १०४. लिला राई, १०५. आभा मुकारुङ, १०५, रमेश बोखिम, १०६. संगम सुहाङ, १०७. मधु केरुङ, १०८ विवस बेनाम, १०९ कैरुङ हाङसाङ, ११० रन्जना लिम्बु, १११. प्रकाश थाम्सुहाङ, ११२. सीता तुम्बेवा ११३. विमला तुम्खेवा, ११४. मन्जु थेगिम, ११५. सनी लिम्बु ११६. सुनिल बाड्यो, ११७. संगिता सुहाङ, ११८. तिर्थ संगम राई, ११९. ज्योति भट्टराई, १२० सिबी नाछिरिङ, १२१, नम्रता नाछिरिङ १२२. चन्द्रा चाम्लिङ, १२३. सेनि चाम्लिङ, १२४. ब्रबिम शेर्मा, १२५, रोष्ना राई, १२६, सन्जय तुम्रोक, १२७. चन्द्रकला राई, १२८. मण्डल साम्पाङ, १२९. प्रेम राई, १३०. रष्मी राई, १३१. कुशल राई, १३२. जनकऋषी राई, जसराज राई, १३३. पदम बालाहाङ, १३४. डक्टर किरात, १३५. भिषण मुकारुङ, १३६. निष्चल राई, १३७. एलिसा राई १३८. राजकुमार समाल
Discussion about this post