यो इमानदारी समाजवादी मोर्चा बन्दी हुनै सक्दैन ।, यो समाजवादी मोर्चाको नाममा उत्पीडित जाति समुदाय क्षेत्र लिङ्गका जनतालाई गुम्ह्रामा राखेर हिन्दुब्राह्मणवादी नस्लवादीहरुको परंरागत एकाधमक ब्राह्मणवादी मोर्चा वा एकता मात्रै हो ।
जहासम्म जसपा नेपाल सामाजबादी मोर्चामा जाने भन्ने कुरा आएको छ यसमा मेरो व्याक्तिगत असहमति छ । यो नक्कली सामाजबादी मोर्चा भएको हुनाले सकेसम्म हाम्रो पार्टी यो अपवित्र मोर्चामा जानुहुन्न भन्ने बारे मेरा बुझाइ हो । तथापि पार्टी नेतृत्व बहुमतको निर्णय भए नेताकार्यकर्ताले कार्यनयन गर्न पर्द छ र यसलाई असल बनाउने प्रयत्न हुनुपर्छ ।
जसपा नेपाल समाजवादी मोर्चा बनाउने कुरामा असहमति राख्नुहुन्न तर समाजवादी मोर्चा बनाउने बहानामा परंरागत एकलजातिय नस्लियहरुको पार्टी वा मोर्चाहरु जस्तै छिनम भत्किने छिनमा मिल्ने हुन नदिने गरि जसपाले मोर्चालाइ नेतृत्व दायी भुमिका निर्वाह गर्नेसम्मको हुन जरुरी छ । नत्र हिजोका दिनहरूमा झै ब्राह्मणवादीहरुको चङ्गुलमा पर्ने खतरापूर्ण छ पार्टीको आम नेतृत्व सचेत र जागरुक हुन जरुरी छ।
संघीयता सुशासन समृद्धि र समाजवाद सहितको पहिचान र पुर्णसमानुपातिक समाबेशिताको मुद्दा उठाउदै आएका हामी जसपा नेपालले हिजोकै यथास्थितिवादी चिन्तन र ढर्रामा रहेर एकाधमक सामन्तवादी ब्राह्मणवादी अभ्यास गर्दै आएका कम्युनिस्ट पार्टी र तिनी कम्युनिस्ट नेताहरुको मोर्चावन्दी वा एकतामा देशमा क्रान्तिकारी परिवर्तनकारी समाजवादी मोर्चा हुन्छ भन्ने सम्भावना कम छ । सत्ता र शक्तिको स्वार्थमा समाजवादी मोर्चा बन्नु हुन्न यदि त्यसो भो भने हात्तीको देखाउने र चपाउने दात भनेझैं हो यसले राज्यमा कुनै ठोस असल बाटो दिदैन यो केवल गेरु बस्त्रशस्त्रधारिहरुको मोर्चाबन्दी हो र हुनेछ ।, समाजवादी मोर्चा।
Discussion about this post