धरानमा आदिपुरुष नचलाउन मेयर साङ्पाङको निर्देशन

धरान । काठमाडौ महानगरपालिकाका मेयर बालेन साहपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले हिन्दि चलचित्र आदिपुरुष नचलाउन निर्देशन दिएको छ ।

मेयर साङ्पाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आदिपुरुष नचलाउन भनिएको छ । मेयर साङ्पाङले स्टाटस लेखेका छ्न -“धरानमा आदिपूरुषको प्रदर्शन नगर्नु होला ! जय देश । “

एक संवादका कारण विवादमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा खैलाबैला बनेको छ । मेयर बालेनले समेत चल्न नदिने भनेपछि सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्र प्रदर्शन नहुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित संवाद ‘जानकी भारतकी छोरी हुन्’ लाई फिल्मको मूल भागबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि फिल्म प्रदर्शकले पनि सोमबारदेखि फिल्मको प्रदर्शन स्थगित गरेका छन ।

यसअघि विवादित संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले नै अडान लिएका थिए । महानगर प्रमुख शाहले नेपालमा मात्र नभई भारतमा समेत उक्त संवाद नसच्याए काठमाडौं महानगरमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै गत शुक्रबार फेसबुकमा लेखेपछि ‘आदिपुरुष’ को विवाद चर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित