२९ किबि सालको काठ हात्तिसार क्याम्पस धरानमा घोटाला

धरान । केन्द्रिय प्रविधि क्याम्पस धरानले २९.५९ क्यु फिट सालको काठ घोटाला गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन हात्तिसारले बिरोध गरेको छ ।

स्वतन्त्र बिद्यार्थि युनियन हात्तिसारले सामाजिक संजाल मा जिल्ला वनले दिएको कागजपत्र सहित लगाएर ध्यानाकर्षण भएको जनाएको छ । स्वबियुले २०७८ माघ ५ गते ९९.५९ क्यु फिट काठ खरिद गरेको उल्लेख छ । तर क्याम्पसमा भने काठ ७० किबि ( क्यु. फिट) मात्र आएको जनाएको छ । तर बाँकि काठ २९.५९ कि बि ( क्यु फिट ) नदेखिएको भन्दै क्याम्पसले घोटाला गरेको आरोप विद्यार्थीले लगाएको छ । विद्यार्थीले यस कार्यमा संलग्न भएकालाई स्ववियुले कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित