धरानमा छाता ऐनको बिरोध गर्दै बिपि बचाओ संघर्ष समितिको मौन जुलुस (भिडियो फोटो सहित )

 

धरान । धरानमा रहेको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई छाता ऐनमा गाभिने भएपछि धरानमा बिरोध स्वरुप मौन जुलुस निकालेको छ ।

शनिवार बिपि कोईराला बचाओ संघर्ष समितिको आयोजनामा बिपि क्याम्पदेखि धरान बजार परिक्रमा गरि लोकतान्त्रिक चौतारीसम्म पुगि समापन भएको हो । हाल स्वायत्तता रहेको बिपि क्याम्पको सबै अधिकार खोसेर केन्दृकृत गार्न लागेको भन्दै धरानमा रहेका राजनीतिक दल नागरिक समाज सबै लागिपरेका छ । केहि दिन अघि उद्योग वाणिज्य संघ धरानमा भएको आम भेलाले मुक्साम्हाङ मेन्याङ्बोको संयोजकत्वमा सघर्ष समिति गठन गरेका थिए । समितिले बिपिका उपकुलपति मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाईसकेको छ ।

शनिवारको मौन जुलुसलाई समापन गर्दै संयोजक मुक्साम्हाङ मेन्याङ्बोले देश संघीयतामा गैसकेको अवस्थामा बिपिको स्वायत्तता खोसिएकोप्रति सबै आन्दोलित भएको बताए । अहिले बिपि क्याम्प आफैमा स्वायत्तता रहेकोले उपकुलपति लगायत यहीँ धरानमा रहने बताए । तर छाता ऐन लागु भए उपकुलपति सबै काठमाडौ बसेर चलाउने बताए । यदि सरकारले यो ऐन कार्यान्वयन गर्दै बिपि छाता ऐनमा गाभिए थप शसक्त आन्दोलन गर्ने चेतावनी मुक्साम्हाङले दिए । छिटै संघर्ष समिति काठमाडौ गै प्रधानमन्त्री स्वास्थ्यमन्त्री लगायतलाई भेट गर्ने बताए ।

तत्कालीन नेकपा एमालेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कार्यकालमा छाता ऐन मस्यौदा भएको बताएको छ । स्वायत्ततालाई थप सुबिधा दिई विश्वविद्यालयको बिकास गर्नुपर्नेमा भएको अधिकार कटौती गर्दै केन्दृकृत गरेको आरोप छ ।

 

यसै बिषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान उपमहानगरको मातहतमा हुनुपर्ने र उपमहानगरबाट चल्नुपर्ने बताएका थिए । मेयर साङ्पाङले नेपाल पत्रकार महासंघ सुनसरी धरानको लेखनवृत्ति कार्यक्रमको प्रस्तुति कार्यक्रमको अवसरमा बताएका थिए । मेयर बिपिमा खानेपानीको आंशिक मात्र जिम्मा दिएको भन्दै कि सम्पुर्ण जिम्मेवारी दिनुपर्ने बताएका थिए । यसै बिच सामाजिक संजालमा समेत मेयर साङ्पाङले बिपि धरान उपमहानगरको मातहतबाट चल्नुपर्ने धारणा सार्वजनिक गरेका थिए । मेयर हुनु अघि अभियन्ताको रुपमा हर्क साङ्पाङले बिपिको बेथितिको बिषयलाई लिएर आन्दोलन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित