बिराटनगर । बौद्धिक व्यक्तित्व चन्द्रप्रकाश वानियाले पूर्वको आन्दोलनसंग नेपालको सिङ्गै पहिचान आन्दोलनको भविष्य जोडिएको भन्दै फटाहरुले चिप्ल्याउन सक्ने सतर्कता गराएको छ ।
बानियाले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रदेश १ को नामाकारणले नश्लबादिको ढ्याङ्ग्रो ठोकेको उल्लेख छ । मधेशले लडेरै पहिचान लिएको भन्दै यो कुरा लिम्बुवानले ढिलै भए पनि अवस्य बुझेको उल्लेख छ ।स्टाटसमा लेखेका छन,-“पूर्वको आन्दोलन सफल भयो भने मगरात, तामाङ्शालीन, नेवा, तमुवानहरु पनि जाग्ने छन भन्ने त्रासले निंदहराम भएको एकल नस्लवादी सत्ताको पक्षधर शक्ति सचेत छ ।”
चन्द्रप्रकाश बानियाको पुरा स्टाटस :
प्रदेश नम्बरको १ को नामकरणलाई लिएर उठेको आन्दोलनले एकल नश्लवादीहरुको मनमा ढ्याङ्ग्रो ठोकेको छ, थरहरी बनाएको छ र तिलमिलाउनुपर्ने अवस्थामा पुर्याएको छ भन्ने कुरा एमाले अध्यक्ष ओलीको पछिल्लो बर्बराहटले पुष्टि गरेको छ ।
मधेशले लडेरै पहिचान लिएको हो भन्ने कुरा लिम्बुवानले ढिलै भए पनि अवस्य बुझेको छ । के बिर्सन हुदैन भने पाँच दर्जन सपूतहरुको सहादतबाट मधेशले पहिचान प्राप्त गरेको हो । र लिम्बुवानलेभन्दा कैयौ गुणा बढी रगत पसिना बगाएर पनि थरुहट आन्दोलनले सफलता प्राप्त गर्नसकेको छैन ।
पूर्वको आन्दोलन सफल भयो भने मगरात, तामाङ्शालीन, नेवा, तमुवानहरु पनि जाग्ने छन भन्ने त्रासले निंदहराम भएको एकल नस्लवादी सत्ताको पक्षधर शक्ति सचेत छ ।
तर्साएर हप्काएर कामचलेन भने फकाएरै भए पनि आन्दोल थम्कार्ने कोसिस हुनेछ भन्ने कुराप्रती अभियान सजक रहनुपर्ने आवस्यकता छ है ! चिप्ल्याउलान नि फटाहाहरुले !!! पूर्वको आन्दोलनसंग नेपालको सिङ्गै पहिचान आन्दोलनको भविष्य जोडिएको छ ।
Discussion about this post