लेटरप्याड र छापबाट कोशी हटायो धरान उपमहानगरले

धरान । प्रदेश १ कोशी नामाकरण्क भएपछि लगातार आन्दोलन गर्दै आएका संयुक्त संघर्ष समितिको चेतावनीपछि धरान उपमहानगरपालिकाले लेटरप्याड र छापमा भएको कोशी लेखिएको हटाएको छ ।

जेठ ३२ गते धरान उपमहानगरले निकालेको सार्वजनिक सूचनामा यस अघि रहेको कोशी लेटरप्याड र छाप दुईटैबाट हटाएको पाइएको छ । केहि दिन अघि राजश्व महाशाखाबाट खटाएका कर्मचारीले लेटरप्याडमा कोशि लेखिएको भेटिएपछि पहिचानको लागि युवाले स्थलगत रुपमा नै नियन्त्रणमा लिएका थिए । स्थलगतबाट राजश्व महाशाखालाई जानकारी गराउदै फिर्ता गर्न चेतावनी दिएका थिए ।

आन्दोलन घटकका विष्णु थाम्देन सहितको समुहले धरान ९ बाट कोशी लेखिएको लेटरप्याड सहितको विषयमा अब्जेक्सन गरेपछि युवाहरु धरान उपमहानगर पुगेका थिए । राजश्व महाशाखाका प्रमुख खगेन्द्र खतिवडाकहाँ पुगेका थिए । त्यहाँ अन्तिम चेतावनी दिएका थिए । त्यस अघि चैत १४ गते उपमहानगर सहित सबै वडामा रहेको कोशी लेटरप्याड र छाप निकालेर जलाएका थिए । खतिवडाले प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र मेयर हर्क साङ्पाङलाई तत्काल जानकारी दिएको बताएका थिए ।

सुमन चेम्जोङ,करुण राई,डेबिट थेगिम,सिताराम राई,लगायतका युवाहरूले प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई समेत भेटेका थिए । उनीहरुले स्पष्ट रुपमा कुरा राखेका थिए । कोशी नामबाट असन्तुष्ट भै निरन्तर आन्दोलन गरिरहेको कारण प्रदेश सरकारले वार्तामा बोलाएको र प्रदेश सरकारबाट जसपा र माओवादी समेत सरकारबाट हटिसकेको अवस्थामा स्थानीय सरकार धरान उपमहानगरले अटेर गरेको भन्दै अन्तिम चेतावनी दिएका थिए । आइन्दा कर्मचारी तथा मतहतका वडामा कोशी लेखिएको बोर्ड ब्यानर लेटरप्याड छाप भेटिए नियन्त्रणमा लिने अन्तिम चेतावनी दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतले मेयर साङ्पाङसंग यस बिषयमा छलफल तथा तत्कालीन घटनाको जानकारी दिएको बताएका थिए । भट्टराईले आन्दोलनकारीको भावनालाई समेट्ने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित