धरान । मेयर हर्क साङ्पाङको अगुवाई तिन महिना अघि शुरुआत गरिएको कोखा खोलाको पानी मध्यरात १२ बजेपछि पक्वा खोला बगरमा सफल परिक्षण भएको छ ।
धरानको मुख्य समस्या खानेपानीको मुद्दा उठाएर चुनावको उम्मेदवार बनेका मेयर हर्क साङ्पाङ अन्ततः मेयरमा निर्वाचित भए । मेयर निर्वाचित भएदेखि नै पानीका लागि स्थानीय श्रोत व्यावस्थापनमा लागेको एक वर्षपछि पाँचौ अभियान सफल भएको छ । कोखा खोलाको पानी लगभग ४५ किलोमीटरमो दुरि तय गर्दै मंगलबार मध्यरातमा सफल परिक्षण भएको छ । केहिदिन अघि मेयर साङ्पाङ पानी नल्याई कार्यालय नजाने प्रतिज्ञा गर्दै वनबास हिडेका थिए । परिक्षणका क्रममा पटकपटक पाईप फुटेपछि केहि दिन ढिलाई भएको थियो । लक्ष्य अनुसारको जेठ १५ गते झार्ने भनिए पनि प्राविधिक कारण ढिलाई भएको हो ।
केहिदिनदेखिको खडेरीसंगै स्थानीय श्रोत सुकेको र बिपि क्याम्प धरानको वेल समेत बिग्रेपछि चिकित्सक विद्यार्थी नै पानी अभाव देखाउदै एक हप्ता बिदा गरेका थिए । पानी नदिएको भन्दै मेयरको कार्यालयमा समेत खालि बाल्टिन बोकेर स्थानीयले बिरोध गरेका थिए ।
गत फागुन २३ गतेदेखि शुरु गरिएको कोखा खोलाको पानी ल्याउने अभियान करिब ३ महिनामा सफल भएको छ । यस अवधिमा धरानबासि धरान स्थाई घर भै हाल बिभिन्न देशमा बस्दै आएका धरान बिहिरका जिल्ला बासि लगायतबाट नगद र जिन्सि चार करोड बढि सहयोग प्राप्त भएको सार्वजनिक आय व्ययमा जनाएको छ । त्यसैगरी हरेक शनिवार श्रमबार भनिदै छ हजारसम्म्को श्रमदान सहभागी रहेका थिए ।
मंगलबार मध्यरातमा पहिलो श्रमदान कार्यक्रम शुरु भएको पक्वा खोलाकै बगरमा पाँचौं अभियानको सफल परिक्षण भएको हो । पहिलो सफलता पक्वा खोला त्यसपछि सर्दु,खर्दु,निशाने र पछिल्लो सफलता वडा नम्बर ४ को भालुखोलाको पानी वडा नम्बर १५ काठेपुलमा सफल परिक्षण भएका थिए ।
यसैबीच मेयर हर्क साङ्पाङले आफुलाई सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेपाली काङ्ग्रेसका श्याम पोखरेल,वडा अध्यक्ष मनोज भट्टराई, देवराज श्रेष्ठ र उद्योग वाणिज्य संघ धरानका बिजय श्रेष्ठले आफु विरुद्ध मुद्दा लगाएको उल्लेख छ । मेयर साङ्पाङ्ले गुनासो गर्दै लेखेका छन, – “मैले दिन रात एक बनाएर खानेपानी जुटाउन अनेक प्रयास गर्दा कहिल्यै कुनै किसिमको सहयोग नगर्ने तर म खानेपानी बोर्डको सदस्य हुँ भन्दै मलाई फेरि मुद्दा हालेछन् मनोज भट्टराई, श्याम पोख्रेल, विजय श्रेष्ठ र देवराज श्रेष्ठ भन्नेहरुले !।”
Discussion about this post