धरान । युमा साम्यो महासभा सुनसरीको प्रथम अधिवेशनले मोति बहादुर मेयाङ्गबोलाई अध्यक्ष र येबा सन्जबिर नाल्बो लिम्बु पेगिफाङ्साम अध्यक्ष चयन गरिएको छ ।
शनिवार धरान ८ स्थित सिरेङ् परिवार संघको सभाहलमा भएको उक्त अधिवेशनले २१ सदस्यीय समिति चयन गरिएको कुरा युमा साम्यो महासभाका केन्द्रिय महासचिव रमेश इजमले जानकारी दिए ।
अधिवेशनमा केन्द्रीय सचिवद्वय भिम केदेम लिम्बु, सन्तोष कुरुङ्बाङ् र श्री हितराम तिलिङ् गरी तिन सदस्यीय निर्वाचन मण्डल तोकिएका थिए । निर्वाचन मण्डलद्वारा चयन भएका समितिका उपाध्यक्ष पाँच जना प्रसादसिङ् माङ्देन्, श्याम ओख्राबा, रणहाङ् वनेम,श्रीमति कमला इजम, श्रीमति सुमित्रा खेवा रहेका छ्न । सचिव बागदल खजुम,सह–सचिवः श्रीमति पवित्रा हुक्पाचोङ्वाङ् ,कोषाध्यक्ष जीत बहादुर मेन्याङ्बो, सह–कोषाध्यक्षः श्रीमति सरस्वती लिम्बु चयन भएका छन । सदस्यहरु महेश्वर थक्लुङ्, देउमान मेन्याङ्बो,खगेन्द्र आङ्बुहाङ्, मेहेरमान सिङ्जाङ्गो, उमा लिम्बु, मोति हुक्पा चोङ्वाङ्, विष्णु पन्धाक,कमला लिम्बु, महेश्वर कङ्लिबा इजम
, दिल बहादुर नाल्बो, अमर तुम्बाहाम्फे रहेका छन ।
अधिवेशन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष मुक्सामहाङ् मेयाङ्गबो लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनमा युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार वनेम, युमा साम्यो महासभा हङ्कङ्का अध्यक्ष टिका माखिम लिम्बु, विशिष्ट संरक्षक सदस्य देउबहादुर हाङ्गाम लिम्बु लगायत विभिन्न थरगत संस्था, धरान उप–महानगरपालिका, इटहरी उप–महानगरपालिका तथा रामधुनी र बराहक्षेत्र नगरपालिका तथा वडा शाखा समितिका प्रतिनिधिहरु लगायत तुत्तु तुम्याहाङ्, याक्लागेन् सुहाङ्, फेजिकुम् फेदाङ्मा, सावारा साम्बा, येबा, हरुको उपस्थिति रहेका थिए ।
त्यसैगरी युमा साम्यो महासभा नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख वक्ताहरुले युमा साम्यो महासभा नेपालको उद्देश्यअनुरुप धेरै कार्यहरु गर्दै अघि बढ्ने साथै २०७८ सालको जनगणनामा याक्थुङ् लिम्बु जातिले धर्मको महलमा लाखौंका संख्यामा युमा धर्म लेखिएतापनि तथ्याङ्क विभागको बेइमानीप्रति आक्रोश पोख्दै जनगणनामा लेखिएको यथार्थ विवरण वा तथ्यांक दुरुस्तरुपमा तुरुन्त प्रकाशन गर्नका लागि तथ्यांक विभाग लगायतका सम्बद्ध निकायहरुमा पहल गर्ने बताए । यस्ता किसिमका काम गर्ने दोषिलाई कानुनी कठघरामा उभ्याएरै छाड्ने दृढता व्यक्त गरेका थिए ।
सोहि सभाले येबा सन्जबिर नाल्बो लिम्बुको अध्यक्षतामा १९ सदस्यीय पेगिफाङ्साम /पेगिफाङ्हाङ सुनसरी जिल्ला समिति समेतको नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको
उपाध्यक्षमा दिल कुमार वनेम, मिना फोम्बो, निस्ता वनेम चयन गरिएका छन ।
समितिको सचिव पदम प्रसाद मादेन खेवा, सह–सचिव विजय सिरेङ्, पदम फाबेन, कोषाध्यक्ष अमृता हुक्पा चोङ्वाङ् रहेका छन । सदस्यहरुमा मंगलसिङ् तुम्बाहाम्फे,धन बहादुर. ओख्राबो, दिल कुमारी वनेम, कुमार नाल्बो, सहरमान फुरुम्बो, सुखराज वनेम, डम्बरध्वज वनेम, लिला वनेम, कविता वनेम, विष्णु वनेम, प्रेम ब. वनेम चयन गरिएका छन ।
सल्लाहकारहरुमा मन कुमार लाबुङ्,राकेश नेयङ् लिम्बु रहेका छ । युमा साम्यो महासभा नेपालका महासचिव डा. रमेश इजम लिम्बुको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा दिल कुमार सिरेङ् लिम्बुले सञ्चालन गरेका थिए ।
Discussion about this post