गाेपाल गुरुङ र मंगाेलवाद – अमित याक्थुङ्बा मिहाङ

बा-क्षे-ठ-दशनामी भर्सेज आदिवासी जनजाति/मूलवासी/मङ्गाेल/रैथानेकाे राजनीतिमा एमएनओे(मङ्गाेल नेशनल अर्गनाइजेसन)काे तर्क, राजनीति र साङ्गठनिक गतिविधि जहिले चर्चामा रह्याे । यद्यपि, ‘उग्रजातिवाद’ काे आराेप लागेका कारण एमएनओेले मतादेश र जनादेश जहिल्यै सेटब्याक खप्नुपर्‍याे ।

‘भाले’ चिन्हमा देशभर उठेपनि सङ्गठनका नेता उम्मेदवारहरूले आफूलाई अनुमाेदन गर्न सकिरहेका छैनन् । चर्काे राजनीतिक नाराले पहिचानको राजनीति गर्ने अन्य दलहरूलाई पनि अप्ठ्यारोमा पार्ने गरेको छ । सङ्घीय लाेकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण, समानुपातिकता, भाषिक साँस्कृतिक अधिकारकाे उपयोग, राजनीतिक स्वायत्तता, स्वशासनका मुद्दाको बाटोमा अहिले धेरथाेर सबै हिँडिरहेका छन् । तर, ०७२ यता संविधान बनिसकेपछि भने एकाध बाहेक सबैले लाेकतान्त्रिक विधि र अभ्यासलाई समातेर अघि बढेका छन् ।

एमएनओेका संस्थापक गाेपाल गुरुङले करिब तीन दशकअघि तहल्का मच्चाउने किताब लेखे । ‘नेपाली राजनीतिका अदेखा सच्चाइ’ । ठीक जसरी केही समयपछि समाजशास्त्री डाेर बहादुर विष्टले ‘भाग्यवाद र राजनीति’ लेखे । सारमा दुवै लेखकहरूले कृतिमार्फत एकल जातिवादकाे वर्चस्वकाे तथ्यगत कुराहरू बाहिर निकालिदिए । यसले सिमान्तकृत समुदायमा तरङ्ग उब्जियाे । धेरैले राजनीतिक समाधान खाेज्न थाले ।

गाेपाल गुरुङका वक्तव्य, कथन, मन्तव्य, लेखन झट्ट पहिलोपटक सुन्दा पचाउन गाह्रै हुन्छ । ‘अतिवाद’ काे आक्षेप लगाइहाल्छन् पनि । तर, भुइँमुनि बस्नेहरूकाे आक्राेश, उत्पीडन खेपेका वर्ग,समुदायका लागि उनको एजेन्डा ‘ओखती’ हुन्छ । कतिपयलाई गुलियाे, तीताे र टर्राे लाग्छ ।

गाेपाल गुरुङ दार्जिलिङमा सन् १९३५ जुलाई २७ मा जन्मे । उनी भारतकाे संविधानका पिता र निर्माता मानिने डा. भीमराव अम्बेडकरकाे सिद्धान्तका अनुयायी थिए । अहिले पनि अम्बेडकरलाई पछ्याएर सङ्गठन निर्माण गर्ने समूहहरू छन् । भारतमा ३% कथित ‘उच्च जाति’ मानिएका विरुद्ध वामेन वेस्रावका भाषणकला र नेपालमा गाेपाल गुरुङका चेलाहरूले बाेल्ने कथन उस्तै छ । गाेपाल गुरुङले आफ्नो अभिव्यक्ति, लेखन र गतिविधिका कारण यातना खेपे । पक्राउ परे । जेल बसे । यहीँ कारण अझ सङ्गठित बन्न सन् १९८९ जनवरी १ मा एमएनओे स्थापना गरे ।

गुरुङ आजकै दिन सन् २०१६ जून १० मा बिते । उनी पत्रकार, लेखक, शिक्षक र मानवअधिकारका कट्टर प्रवक्ता थिए । उनलाई अस्वीकार गर्नेहरू छन् । तर, उनलाई र उनको दर्शनलाई मार्गदर्शन बनाउनेहरू पनि छन् ।

सिमान्तकृतहरूकाे आवाज छुच्चाे र रुखाे ढंगले ओकल्ने उनै गाेपाल गुरुङप्रति साताैँ स्मृति दिवसका अवसरमा श्रद्धा सुमन छ ।

▪️मिहाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)