दिपेश रोक्का
जेठ २७ कानेपाेखरी । मोरङ जिल्ला कानेपोखरी -७ स्थित आईतबारेको मितेरी युबा क्लबलाई सोही वडाको बरगाछी निवासी हेमन्त लिम्वु र नवराज राईले भवन निर्माण गरि हस्तान्तरण गरेका छ्न् ।
करिब ६ लाख रुपैयाँको लगानीमा बनेको २ काेठे भवन एक औपचारीक कार्यक्रमकाे आयाेजना गरि हस्तान्तरण गरिएको हो। जनही २/२ लाख रुपैया लगानी गरि आफ्ना पुर्खाहरुकाे सम्झनामा उक्त भवन निर्माण गरिदिएकाे र पछिका सन्ततीहरुलाई हौसला मिलोस् भन्नै उदेश्यले उक्त भवन निर्माण गरिदिएका जानकारी सहयाेगी दाताकाे परिवार देवराज राईले बताएका छ्न्।
उक्त भवन निर्माणका लागि ७ नं वडा कार्यालयले २ लाख रुपैया आर्थिक सहयाेग गरेकाे थियाे । क्लवकाे तर्फबाट ५ सय ईटा बालुवा गिटि तथा श्रमदान समेत रहेकाे जानकारी क्लबका अध्यक्ष नविन सुब्बाले बताए ।
उनले सहयाेगी दाताहरुबाट आवश्यक परेकाे वेला सहयाेगकाे अपेक्षा राख्दै क्लबलाई गरेकाे सहयाेग एक सँम्झना मात्र नभएर भावी पुस्ताहरुकाे स्मरणकाे लागी समेत हुने भएकाेले मानिस मरेर गएपनि योगदान सधैं अमर रहने भन्दै धन्यवाद दिए ।
क्लवका अध्यक्ष नविन सुब्बाकाे अध्यक्षतामा संचालन भएकाे हस्तान्तरण कार्यक्रम भवन निर्माणकर्ताहरु श्री प्रसाद लुङ्गफुङ्गवा र सावित्रा राईकाे प्रमुख आतिथ्यता रहेका थियाे भने वडा सदस्य जिवन सुब्बा, दिल कुमारी राई लगायतकाे अतिथी रहेका थिए। कार्यक्रमको संचालन क्लबका सचिव अनिल परियारले गरेका थिए।
Discussion about this post