धरान । धरानको खानेपानी समस्या समाधानको लागि भनेर कोखा खोला पानी अभियानलाई पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाबाट ११ लाख १८ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
समाजका अध्यक्ष अमृत राई वरिष्ठ उपाध्यक्ष गजेन्द्र सेर्मा लगायतको अगुवाईमा संकलन भएको रकम शनिवार मेयर हर्क साङ्पाङ र प्रोजेक्ट मेनेजर भनेर चिनिने दत्त लिम्बुलाई हस्तान्तरण गरिको हो । करिब तिन महिनादेखि कोखा खोलाको पानी धरानमा ल्याउने महा अभियान चलाईरहेकोबेला दक्षिण कोरियामा कार्यारत कोरियाली नेपालीहरुले पठाएको रकम हस्तान्तरण गरिएको हो । कोरियाबाट पठाएको रकमलाई झापा जिल्ला दमक नगरपालिकाबाट ल्याई अभियानलाई सहयोग गरिको हो । त्यसैगरी भुपुसेना धनकुमार राई र चन्द्र कुमारी राईको तर्फबाट ५० हजार सहयोग हस्तान्तरण गरिएको छ । त्यसैगरी शनिबार इटहरीबाट एक समुह श्रमदानमा आएको जानकारी दिए । सोलुखुम्बुबाट सल्लेरीसम्म पैदल हिंडि एक हप्तामा तिन युवाहरु श्रमदान गर्न आईपुगेका छन । सोलुखुम्बु निवासि निमा तामाङ,धन तामाङ र राजेश तामाङ श्रमदान गर्न धरान आएका छन । सबैजना साबुन फ्याक्ट्री परिसर गएका छन ।
खडेरीसंगै यसपटक पनि खानेपानी चरम अभाव भैरहेको छ । धरानमा खानेपानीको यो अभाव धेरै वर्षघिको समस्या हो । समाधानका लागि केहि वर्ष अघि एडिबि रिण सहितको परियोजना पनि यतिबेला असफल भएको छ । स्थानीय श्रोतलाई व्यावस्थापन गर्ने क्रममा गतसालदेखि निरन्तर लागेको मेयर साङ्पाङ बहुप्रतिक्षित कोखा पानी धरानमा झार्ने अन्तिम क्षणमा रहेको छ । जोडिएको पाईप पटकपटक फुटेर समस्या आएकोले पटनालिमा केहिदिन अघि अन्तिम परिक्षण भएको छ । प्राविधिक गडबडी नभए शनिवार सर्दुखोलामा परिक्षणको अन्तिम तयारी भैरहेको अभियानकर्ताले जानकारी दिएको छ ।
Discussion about this post