धरान । मेयर हर्क साङ्पाङले धरानमा लागुऔषध सम्बन्धि जनचेतना कार्यक्रम गरेको एक वर्ष पुगेको छ । शुक्रबार ५४ औ हप्तामा प्रवेशसंगै पहिलो वार्षिक उत्सब मनाएको छ । हरेक हप्ताको शुक्रवार २० वटा वडाको जुनसुकै टोलमा पुगेर लागुऔषध खराब कुरा हो भन्दै यसलाई सेवन गर्न छोड्नुपर्ने सन्देश दिदै आएका छन ।
शुक्रवार प्रथम वार्षिक उत्सब मनाउदै र्यालि सहित वडा नम्बर १६ भगवती आधारभुत स्कुलको प्रांगणमा औपचारिक कार्यक्रम सम्पन्न गरेका थिए ।
Discussion about this post