धरान । पहिचानको आन्दोलन चलिरहेकोबेला धरान उपमहानगरले छाप र लेटरप्याडमा कोशि चलाएको भन्दै आईन्दा नचलाउन अन्तिम चेतावनी दिएको छ ।
धरान उपमहानगरपालिका राजश्व महाशाखाले आज व्यावसाय नविकरण तथा दर्ताको लागि बजार घुम्दै गरेको अवस्थामा बिष्णु थाम्देनले भेटेका थिए । थाम्देनले ग्राहकको प्रतिमा हेर्दा कोशि लेखिएको लेटरप्याड भेटिएका थिए । उनि पहिचान आन्दोलनका राष्ट्रिय जनमुक्ति पार्टीका नेता समेत हुन । उनले लगत्तै पहिचानका लागि युवा समक्ष सर्कुलर समेत गरेका थिए । नगरपालिकाबाट खटि आएका कर्मचारीले गरेको कामको विषयमा तत्काल मेयर राजश्व र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएका थिए । जानकारी पश्चात् कर्मचारी फिर्ता भएका थिए ।
लगत्तै युवाको एक समुह धरान उपमहानगर राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाकहाँ पुगेका थिए । खतिवडालाई यो तेस्रोपटक तथा अन्तिम चेतावनी भएको जानकारी दिए । अव आइन्दा भेटिए भौतिक नियन्त्रण गर्ने चेतावनीसमेत दिएका थिए । कोशी नाम खारेजी आन्दोलनकारीले चैत १४ गते धरान उपमहानगर सहित सबै वडाबाट कोशी लेखिएको लेटरप्याड,छाप थुतेर जलाई दिएका थिए । त्यसपछि पनि लेख्न थालेपछि केहि दिन अगाडि पनि मेयर हर्क साङ्पाङ समक्ष युवाहरुले ध्यानाकर्षण गराएका थिए । युवाहरू सुमन चेम्जोङ,करुण राई,सिताराम राई,डेबिट थेगिम,लगायत थिए ।
यस बिषयमा राजश्व महाशाखाका अधिकृत खगेन्द्र खतिवडाले आन्दोलन चलिरहेको भन्दै शुभकामना समेत दिए । बजारमा कर्मचारीमाथि भएको अवरोधको कुरा तत्काल प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी दिएको बताए । त्यसैगरी मेयर हर्क साङ्पाङलाई पनि जानकारी गरिएको बताए । कोशी लेख्दा भावना चोट पुगेको भए चोट नपुग्नेगरि काम हुने प्रतिबद्धता खतिवडाले जनाए ।
प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले यस विषयमा मेयर हर्क साङ्पाङलाई जानकारी दिएको बताए । भट्टराईले हाल राजनीतिक वार्ता समिति बनिसकेको भन्दै अव फेरि यसरी आउनुपर्ने वातावरण नहुने प्रतिबद्धता जनाए ।
Discussion about this post